साफ च्याम्पियनसिप : दोस्रो हाफ सुरु, नेपाललाई जित्ने पर्ने दबाब (लाइभ भिडियो)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 06, 2018 | 04:55:46 PM मा प्रकाशित

laxmi  sunrise bank

बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपाल र भुटानबीचको खेलको दोस्रो हाफ सुरु भएको छ  । जारि खेलमा नेपालले १-० गोलको अग्रता लिएको छ  । नेपालको लागि २१ औ मिनेटमा अनन्त तामांगले गोल गरेका हुन्  । 

 पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएको नेपाललाई सेमिफाइनल पुग्न पनि आजको खेल जित्नै पर्ने दबाब छ । साफमा नेपाल र भुटान दुई पटक खेलेका छन् । जसमा दुवै पटक नेपालले जितेको छ । नेपालले सेमिफाइनलको सम्भावना जीवितै राख्न भुटानलाई हराउनुको विकल्प छैन । पराजित भए नेपाल पुनः समूह चरणबाट घर फर्कने छ । 

नेपालसहित पाकिस्तान, भुटान र आयोजक बङ्गलादेश रहेको समूह ‘ए’ मा पाकिस्तान र बङ्गलादेशले आ–आफ्नो पहिलो खेल जित्दै महत्वपूर्ण तीन÷तीन अङ्क जोडिसकेका छन् । त्यसैले पनि नेपाललाई जित्नै पर्ने दबाब छ। आजको खेल नेपालका लागि गर या मरको अवस्था हो। नेपालले भुटानसँग सन् २००३ को साफमा प्रतिस्पर्धा गरेको थियो । ढाकामै भएको खेलमा नेपालले भुटानलाई २–० ले हराएको थियो । यस्तै नेपालले पाकिस्तानको कराचीमा सन् २००५ मा सम्पन्न साफमा भुटानलाई ३–१ ले हराएको थियो । 

हेर्नुस लाइभ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved