टि २० बिश्वकप छनौट: नेपालको लगातार चौथो जित, भुटान ३३ रन मै अल आउट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 09, 2018 | 11:07:21 AM मा प्रकाशित

laxmi  sunrise bank

आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोटमा नेपालले लगातार चौथो जित निकालेको छ । भुटानलाई ११७ रनले पराजित गर्दै नेपालले प्रतियोगितामा अपराजित यात्रा कायम राखेको हो  ।  

टस हारेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५० रन जोडेको थियो  । नेपालको लागि प्रदिप ऐरीले सर्बाधिक नत आउट ७५ रन जोडे  ।  त्यस्तै अनिल शाहले २७, आरिफ शेखले १३, दिपेन्द्र सिंह  ऐरीले १५ रन तथा करण केसीले नट आउट ११ रन जोडे  ।  बिंडो भण्डारी भने शुन्य मै आउट भएका थिए  । 

१५१ रनको बिजयी लक्ष्य लिएर मैदान उत्रेको भुटान १६.४ ओभरमा अल आउट हुदै ३३ रन मात्र जोड्न सक्यो  ।  भुटानलाई सस्तैमा समेट्ने क्रममा ललित राजबंशी र सन्दिप लामिछानेले समान ३-३ विकेट लिए भने बसन्त रेग्मीले २ तथा शरद भेषवाकर र दिपेन्द्र ऐरीले समान १-१ विकेट लिए  । 

अब नेपालले सिंगापुर र चीनसंग खेल्न बाँकि छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved