टोकियो ओलम्पिक छनौटमा नेपाल समूह उपविजेता बन्दै दोस्रो चरणमा प्रवेश

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 13, 2018 | 04:35:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०२० मा जापानमा हुने ‘टोकियो ओलम्पिक २०२०’ महिला फुटबल अन्तर्गत एएफसीको प्रारम्भिक छनोट खेलमा नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमो बंगलादेशसँग १–१ को बराबरी खेल्दै नेपाल समूह उपविजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको हो । 

म्यानमारको यांगोनस्थित थुनुवा रंगशालामा भएको खेलमा नेपालले १७ औँ मिनेटमा कप्तान निरू थापाको गोलबाट लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको हो । बंगलादेशले दोस्रो हाफको थप भएको समयको तेस्रो मिनेटमा आखी खातुनको गोलमार्फत बराबरी गरेको हो । 

नेपालले सुरूवाती २ खेलमा २ बराबरी खेल्दै २ अंक जोडिसकेको थियो । आजको बराबरीसँगै तीन अंक जोडेको छ । समूहमा भारत र म्यानमारको समान ४–४ अंक छ । भारत र म्यानमार दोस्रो चरण प्रवेश गरेका छन् । 

सन् २०२० मा हुने टोकियो ओलम्पिक छनोटमा १८ देशको सहभागिता छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ । भिएतानाम र उज्जेकिस्तान वरियताका आधारमा दोस्रो चरणका लागि छनोट भैसकेका छन् । हरेक समूहका शीर्ष दुई टोली र अन्य दुई उत्कृष्ट तेस्रो हुने टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणका खेलहरु अप्रिलमा हुनेछ । 

दोस्रो चरण छनोटबाट तीन टोली तेस्रो चरणमा प्रवेश गर्नेछन् । तेस्रो चरणमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणका तीन विजेतासँगै अष्ट्रेलिया, चीन, थाइल्याण्ड, दक्षिण कोरिया र उत्तर कोरियाले तेस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् । दुई समूहका उत्कृष्ट दुई टोलीले चौथो चरणमा स्थान बनाउनेछन् । चौथो चरण प्रवेश गर्न सफल चार टोलीलाई दुई समूहमा विभाजन गरी होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गराइनेछ । जसबाट विजयी हुने दुई टिम ओलम्पिकका लागि छानिनेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved