एएफसी सोलिडारिटी कपको उपाधि नेपाललाई, एक बर्षमा तेस्रो ठुलो जित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 15, 2016 | 07:32:00 PM मा प्रकाशित

laxmi  sunrise bank

एएफसी सोलिडारिटी कप अन्तर्गतको खेलमा नेपाल बिजयी भएको छ। मलेसियाको कुचिङस्थित कुचिङ सारावाक रंगशालामा भएको खेलमा नेपालले मकाऊलिई १-० ले पराजित गर्दै उपाधि हात पारेको हो। 

पहिलाे हाफको खेलमा नेपालका लागि सुजल श्रेष्ठले २९ अाैं मिनेटमा हेडमार्फत गाेल गरे । नेपाल एसियाली फुटबल संघले आयोजना गरेको प्रतियोगितामा पहिलो पटक च्याम्पियन बनेको हाे। उनले भरत खवासकाे पासमा गाेल गरेका हुन् । एएफसी उपाधिसंगै एक बर्षमा नेपाललाई लगातार तेस्रो ठुलो जित प्राप्त भएको छ। 

सेमिफाइनलमा नेपालले लाओसलाई र मकाऊले ब्रुनाईलाई पराजित गर्दै दुवै टोलीको फाइनलको यात्रा तय भएको हो।  एसियाली स्तरको प्रतियोगितामा पहिलोपटक फाइनलमा पुगेको नेपालले लाओसलाई ट्राइब्रेकरमा ३-० ले पराजित गरेको थियो। निर्धारित ९० मिनेटको खेलमा दुवै टोलि १-१ को बराबरीपछी थप गरिएको अतिरिक्त ३० मिनेटमा समेत २-२ को बराबरीमा रोकिएपछी खेल पेनाल्टीसुट आउटमा पुगेको थियो। 

पेनाल्टीमा नेपालका गोलकिपर किरण चेम्जोङले उत्कृष्ट प्रदशन गर्दै लाओसका दुई खेलाडीको प्रहार बिफल बनाएका थिए। टाइब्रेकरमा नेपालका लागि अघिल्लो तीन वटा गोल हेमन गुरुङ, विक्रम लामा र सुजल श्रेष्ठले गरेका थिए।  

प्रतियोगितामै अपराजित रहेको नेपालले लाओससंग २ गोल खाएको छ भने प्रतियोगितामा अहिलेसम्म ९ गोल (पेनाल्टी सुट आउटमा गरेको गोल सहित) गरेको छ।  

म्याच फिक्सिंगको आरोप लागेपछि नैतिक दबाबमा परेको नेपाली टोलिका लागि यो उपाधिले प्रतिष्ठा झनै मजबुत बनाइदिएको छ। मकाउलाई पराजित गर्दै  नेपाल एक बर्षको बीचमा अन्तर्राष्ट्रिय प्रतियोगिताको ह्याट्रिक गर्न सफल भएको छ। यसअघि नेपालले गत माघमा बंगलादेशको बंगबन्धु गोल्डकप र भारतमा सम्पन्न साग गेम्स अन्तर्गत फुटबलमा स्वर्ण जितेको थियो । 

यसअघिका उपाधि

बंगलादेशको राष्ट्रिय रंगशालामा भएको फाइनल खेलमा नेपालले इतिहासकै शानदार प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय फुटबलमा २३ वर्षे उपाधि खडेरी तोडेको थियो। नेपालले बहराइनको २३ वर्ष मुनिको टोलीलाई ३–० ले हराउँदै बंगबन्धु गोल्डकपको उपाधि कब्जा गरेको थियो ।

त्यस्तै नेपालले १२औं दक्षिण एसियाली खेलकुद सागमा पनि दोहोर्यायो । सागको स्वर्ण पनि जित्यो। 

औपचारिक अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि दौडमा रहेको नेपालले एएफसी सोलिडारिटी कप २०१६ मा मकाउलाई पराजित गर्दै एक बर्षमा लगातार तेस्रो जित हात पारेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved