क्यारेबियन लिगको अक्सन आज, नेपालबाट सन्दिप सहित ४ खेलाडी ड्राफ्टमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2019 | 08:29:08 AM मा प्रकाशित

laxmi  sunrise bank

क्यारेबियन प्रिमियर लिग क्रिकेटको ड्राफ्ट आज बुधबार हुदै छ  । बुधबार बेलुका ८ : ४५ बजेपछि खेलाडीको लिलामी हुने भएको हो  । 

यस पटकको लिलामीमा नेपालका चार खेलाडी परेका छन् । लिगको ड्राफ्टमा परेका खेलाडीमा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र रोहित पौडेल छन् । 

 ड्राफ्टमा परेका २१ देशका ५३६ खेलाडी मध्येबाट ६ टिमले खेलाडी छनौट गर्नेछन् । यीमध्ये १७९ खेलाडी वेस्ट इन्डिजका छन् भने ३५७ विदेशी खेलाडी छन् । 

सन्दिपले यस अघि नै यो लिग खेलीसकेका छन्  । उनले गत सिजन सेन्ट किट्स टिम बाट खेलेका थिए  । सन्दिपलाई उनको टोलीले चाहेमा रिटेंन गर्न सक्ने छन्  । यदि टोलीले उनलाई रिटेंन गरे उनी सोहि टिममा रहने छन्  । अन्यथा उनलाई अन्य टिमले खरिद गर्नु पर्ने छ  । हरेक टिमले ६ जना खेलाडीसम्म रिटेंन गर्न सक्ने प्रावधान छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved