कतारलाई बिश्वकपको 'होस्ट' बनाउँदा भ्रष्ट्राचारको आशंका, युएफाका पुर्व अध्यक्ष पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2019 | 05:12:30 PM मा प्रकाशित

laxmi  sunrise bank

युरोपेली फुटबल संघ युइएफएका पुर्व प्रमुख माइकल प्लाटिनि पक्राउ परेका छन् । सन् २००७ देखि २०१५ सम्म फिफाका प्रमुख रहेका प्लाटिनिलाइ २०२२ को बिश्वकप आयोजनाको अधिकार कतारलाई दिंदा भ्रष्टचार गरेको आरोपमा  पक्राउ गरिएको हो । 

उनलाइ २०१५ मा फिफाको इथिक्स कमिटिले प्रतिबन्ध  लगाएको थियो । ६३ बर्षिय प्लाटिनिलाइ कतारलाइ बिश्वकप गर्न दिने निर्णयमा भ्रष्ट्राचार गरेको बिषयमा अनुसन्धान गर्न मंगलबार बिहान प्रहरिले पक्राउ गरेको हो । अनुसन्धानका लागि उनलाइ जुडिसियल प्रहरिको एन्टि करप्सन अफिसमा राखिएको छ । उनलाइ भ्रष्टचारको आरोप लागेकोले बिषयमा अनुसन्धान हुनेछ ।

सन् २०१० मा फिफाले २०२२ को बिश्वकपको निर्णय गर्न गरेको मतदानको दश दिन अघि भएको एउटा भेटघाटको बिषयमा अनुसन्धान केन्द्रित हुनेछ । फ्रान्सका तत्कालिन राष्ट्रपति निकोलश सार्कोजिको निमन्त्रणामा कतारका राजकुमार तामिम बिन हमाम अल थानि र प्लाटिनिले एल्सि होटलमा उक्त भेटघाट भएको थियो । त्यसपछि कतारका बिदेशमन्त्री र प्रधानमन्त्रीसँग लन्च भेटघाट भएको थियो। त्यस भेटघाटमा केहि अनियमितता भएको हुन् सक्ने कमिटीको आशंका छ । 

लन्च भन्दा अगाडि कतारलाइ भोट गर्ने कुरा निकोलस सर्कोर्जिलाइ बताउन जाँदा कतारिहरु त्यहाँ भएको आफुलाइ थाहा नभएकोले अचानक भेट भएको प्लाटिनिले दाबि गरेका छन् । कतारको बिड हुनुभन्दा पहिले उनि बिश्वकपको होस्ट गर्न अमेरिकालाइ दिने बिषयमा सहमत थिए । तर एक्जुक्युटिभ कमिटिका २४ जना सदस्यले कतारको पक्षमा मतदान गरेपछि प्लाटिनिबिरुद्ध भ्रष्टचार गरेको आरोपमा अनुसन्धान सुरु भएको हो ।

पुर्व  युइएफए प्रमुखका अनुसार प्लाटिनिले कतारका फुटबल अधिकारिहरुलाइ स्विट्जरल्याण्डको होटलमा बिश्वकपको विवादित निर्णय गर्नुभन्दा केहिदिन अघि भेटेको जनाएका छन्  ।  उनका अनुसार उनिहरुले ३० देखि ५० पटक भेट गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved