कोपा अमेरिकाः लय बिर्सिएको अर्जेन्टिनालाई कतारको चुनौती

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2019 | 12:19:16 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगीताको समहु बीको अन्तिम खेलमा अर्जेन्टिना र कतार भिड्दैछन् । दुवै टोली एकअर्कालाई हराएर क्वाटरफाइनल प्रवेश गर्न चाहान्छन् । दुई खेलबाट १–१ अंक मात्र जोडेका दुवैटोलीका लागि अन्तिम खेल जित्नैपर्ने दबाब छ ।

कतार उपाधि दावेदार मानिएको अर्जेन्टिनालाई हराएर इतिहास रच्ने दाउमा हुनेछ । खेलअघि आयोजित पत्रकार सम्मेलनमा कतारका प्रशिक्षक फेलिक्स सान्चेजले अर्जेन्टिनालाई चुनौती दिदै ‘हामी ब्राजिलमा प्रतिस्पर्धा गर्न आएका हौं, न की लियोनल मेस्सीसँग तस्विर खिचाउन,’ भनेका छन् । 

सान्चेज बार्सिलोनाका पूर्वप्रशिक्षक हुन् । उनी सन् १९९६ देखि २००६ सम्म बार्सिलोनाका प्रशिक्षक थिए । मेस्सीलाई रोक्न कठिन हुने भएपनि आफुसँग स्पष्ट रणनीति रहेको उनको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved