इक्वेडरको पोष्टमा अर्जेन्टिनाको आधा दर्जन गोल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2019 | 08:32:05 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्जेन्टिनाले इक्वेडरलाई ६–१ ले पराजित गरेको छ । मैत्रीपूर्ण खेलमा स्टार खेलाडीद्वय लियोनल मेस्सी र सर्जियो अग्युरो बिना नै मैदान उत्रिएको अर्जेन्टिनाले इक्वेडरलाई गोलका वर्षा खुवाएको हो । 

पहिलो हाफमा दुई गोल गरेको अर्जेन्टिनाले एक गोल उपहार पाएको थियो । दोस्रो हाफमा ३ गोल थपेको थियो । 

२० मिनेटमा लुकासले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । २७ औं मिनेटमा इक्वेडरका स्पिनोजाले आत्मघाती गोल गरेपछि अर्जेन्टिनाले अग्रता दोब्बर बनायो । ३२ औं मिनेटमा पनि पेनाल्टीबाट लिएनार्दोले गोल गरेपछि पहिलो हाफमा अर्जेन्टिना ३–० ले अघि रह्यो ।

दोस्रो हाफको ४९ औं मिनेटमा एन्जल मिनाले इक्वेडरका लागि सान्त्वना गोल फर्काए । 

अर्जेन्टिनाले ६६ औं मिनेटमा जर्मन पिजेला, ८२ औं मिनेटमा निकोलास र ८६ औं मिनेटमा लुकासले गोल गर्दै टिमलाई जित दिलाए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved