नेपाली महिला टिम सेन्ट्रल जोन भलिबलको फाइनलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2019 | 02:45:00 PM मा प्रकाशित

laxmi  sunrise bank

बंगलादेशमा जारी प्रथम एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । समूह चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । 

नेपालले पहिलो सेट २५–१४, दोस्रो सेट २५–५ र तेस्रो सेट २५–१३ ले जितेको हो । 

मंगलबार आयोजक बंगलादेशलाई पराजित गर्दै नेपाल एक खेल अगावै फाइनलमा प्रवेश गरेको थियो । नेपालले बंगलादेशलाई पराजित गरेपछि दोस्रो स्थानमा रहँदै माल्दिभ्स पनि फाइनलमा प्रवेश गरेको थियो । नेपाल र माल्दिभ्स बिहीबार नेपाली समय अनुसार २ः४५ बजे उपाधिका लागि फेरि भिड्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved