नियम बिपरित क्यानले किन गर्यो साधारणसभा ? के भन्छ खेलकुद मन्त्रालय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 21, 2016 | 04:48:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रिकेट संघले साधारणसभा गरेको प्रति नेपाली क्रिकेट समर्थक संघले आपत्ति जनाएको छ । बिश्व क्रिकेटको सर्बोच्च निकाय अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीबाट निलम्बन रहेको, राष्ट्रिय खेलकुद परिषदले अबैधानिक घोषणा गरेको र सम्मानित सर्बोच्च अदालतमा मुद्दा बिचारिधीन रहेको बेला संघले साधारणसभा गरेरकोमा समाजले आपत्ति जनाएको हो ।  

समाजले साधारण सभालाई नाटक मन्चन र ताण्डव नृत्यको संज्ञा दिएको छ   । समाजका सचिव बिमल पौडेलद्वारा बिज्ञप्तिमा भनिएको छ 'एक बर्षमा २ पटक साधारण सभा गरेर ताण्डव नृत्य देखाउनु नेपाली क्रिकेटको अबमुल्यन गर्नु सरह हो'  । साथै समाजले साधारण सभामा उपस्थित सबैलाई कारबाही गर्न समेत माग गरेको छ  ।

निलम्बित क्यानको चतुर बहादुर चन्द पक्ष्यले मंगलबार 'पाचौ साधारणसभा' गरेको थियो । साधारणसभामा क्यानलाई अबैधानिक घोषणा गरेको राष्ट्रिय खेलकुद परिषदका सदस्यहरु  स्वयं समेत उपस्थित थिए  । 

केहि समय अघि 'क्रिकेटको आडमा भएको भनिएको तस्करी छानविन गर्न बनेको समितिका नेतृत्वकर्ता समेत साधारणसभामा देखिएका थिए। प्रतिबेदन सार्बजनिक नगरेको तर निलम्बनमा रहेको क्यानको साधारण सभामा गएकाले मानव तस्कर जोगाएको आरोप समेत समर्थकहरुले लगाएका छन् । 

यसबारे बुझ्न राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब बिष्टलाई पटक पटक सम्पर्क हुन् सकेन । त्यस्तै यसबारे खेलकुदमन्त्री दलजित श्रीपालीलाई सम्पर्क गर्दा उनका स्वकिय सचिवले आफुहरु राष्ट्रिय खेलकुदको तयारीको लागि धरानमा रहकाले यसबारे पछि मात्र कुरा गर्न सकिने बताए । 

खेलकुद मन्त्रालयका उप सचिव महेन्द्र पौडेलले भने आफु बिदामा रहेकोले यसबारे धेरै जानकारी नभएको बताए  । तर उनले यो नियम बिपरित भएको स्वीकार्दै भने 'यो नियम बिपवित छ, कारवाहि हुन्छ, तर कुन तहको कारबाही गर्ने भन्ने मन्त्रालयमा छलफल गरेर टुंगो लगाउछौ'  । 

यसबारे क्यानका हालका 'चिफ अपरेटिंग अफिसर' छुम्मी लामासंग बुझ्दा आफु ब्यबस्थापकको पाटो हेर्ने भएको र उनीहरु 'क्रिकेटको बडी' भएकाले आफुले केहि गर्न नसक्ने बताए ।  तर उनले साधारणसभाले गरेको कुनै निर्णय कार्यन्वयन नहुने बताए । केहि पनि निर्णय लाग्नु नहुने भए किन किन साधारणसभा गरेर बजेट सकेको भन्ने बिजपाटीको प्रश्नमा उनले भने 'साधारणसभामा क्यानको बजेट खर्च भएको छैन'। 

समर्थकहरुले भने साधरणसभा आईसीसीले गठन गरेको एडभाईजरी कमीटीलाई काम गर्न नदिने षडयन्त्र भएको बताएका छन् । 

हेर्नुस साधारणसभामा सहभागी प्रकाश पौडेलले फेसबुकमा शेयर गरेको फोटो हरु ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved