दोस्रो रुस्लान कप जित्दै पुलिसको रच्यो किर्तिमान, हेर्नुस कुन उपाधि कसलाई ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 18, 2017 | 04:19:43 AM मा प्रकाशित

laxmi  sunrise bank

दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिसले जितेको छ । आज भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिसले दोस्रो पटक उपाधि हात पारेको हो । पुलिसले दुवै संस्करण जितेर किर्तिमान समेत कायम गरेको छ । 



कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस हारेर ब्याटिंग गरेको आर्मीले १४२ रन मात्र जोड्न सक्यो ।  आर्मीका लागि कप्तान विनोद भण्डारीले ४०, राजेश पुलामीले ३८, नरेश बुढाऐरले २८, अनिल मण्डलले १५ तथा सोमपाल कामीले नटआउट १५ रन जोडे । आर्मीलाई १४२ रनमा समेट्ने क्रममा पुलिसका ललितसिंह भण्डारी र कुशल भूर्तेलले समान दुई÷दुई विकेट लिए भने मञ्जित श्रेष्ठ र ललित राजवंशीले समान एक÷एक विकेट हात पारे ।

आर्मीले दिएको १४३ रनको लक्ष्यलाई पुलिसले १९ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो । उसको जितमा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४२ रनको योगदान दिए । त्यस्तै, कुशल भूर्तेलले नटआउट ३४, दिलीप नाथले २४ तथा योगेन्द्रसिंह कार्कीले ११ रन जोडे । 
 

आर्मीका जीतेन्द्र मुखिया र विक्रम सोबले समान दुई÷दुई विकेट लिएका थिए । उपाधिसँगै पुलिसले रु तीन लाख हात पा¥यो । त्यस्तै उपविजेतामा सीमित बनेको आर्मीले रु दुई लाख प्राप्त ग¥यो । 

प्रतियोगितामा कुशल भुर्तेलले सर्वाधिक ६ छक्का प्रहार गरे । सुर्य लामा उदयमान खेलाडी घोषित भए भने शंकर रानाले प्रतियोगिताको एक मात्र शतक बनाए । 

 

 फस्टेस्ट ५० राजेश पुलामीको नाममा रहृयो भने दिपेन्द्र ऐरी म्यान अफ द फाइनल बने  ।  त्यस्तै सुनिल धमला म्यान अफ द सिरिज, सागर पुन उत्कृष्ट ब्याट्सम्यान र जितेन्द्र मुखिया उत्कृष्ट बलर घोषित भए   ।

त्रिभुवन आर्मी क्लब भने लगातार दोस्रो पटक उप बिजेतामा चित्त बुझाउन बाध्य भयो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved