केन्याविरूद्धको खेलको लागि अन्तिम १९ जना खेलाडी छनौट (सुची सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 22, 2017 | 04:27:28 AM मा प्रकाशित

laxmi  sunrise bank

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्याविरूद्धको खेलको लागि अन्तिम १९ जना खेलाडीको सुची सार्बजनिक भएको छ  । यस अघि सुपर लिगबाट छानिएका २४ खेलाडीको सुचीबाट अन्तिम १९ खेलाडी छानिएको हो ।

आइसिसिको प्रतिनिधि भेनकटपपति राजु, कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटा सम्मिलित छनौट समितिले अन्तिम १९ खेलाडी छनौट गरेको हो । केन्या बिरुद्दको खेल आगामी फागुन २८ र ३० गते कीर्तिपुरमा हुनेछ । 

हेर्नुस को को परे? ​ 

  • पारस खड्का, कप्तान
  • ज्ञानेन्द्र मल्ल, उपकप्तान
  • आरिफ शेख,
  • दिलिप नाथ
  • मेहबुब आलम
  • करण केसी
  • आसिफ सेख
  • सागर पुन
  • भुवन कार्की
  • सरद भेषवाकर,
  • शक्ति गौचन,
  • अभिनास कर्ण
  • सोमपाल कामी
  • सुनिल धमला
  • दीपेन्द्र सिंह ऐरी
  • बसन्त रेग्मी
  • राजेश पुलामी मगर
  • बिनोद भण्डारी
  • सन्दिप लामिछाने

छनौट भएको खेलाडीको टोली अभ्यासको लागि शुक्रबार भारत जादै छ । नेपाली टोलीले दिल्लीस्थित नोयडामा तीन वटा अभ्यास खेल खेल्नेछ। कप्तान पारस भने भारत जाने छैनन् । उनी हालै मात्र एपेन्डिक्सको सल्यक्रियापछि आराम गरिरहेका छन् । भारत भम्रणबाट फागुन २० मा टोली स्वदेश फर्किने छ।

टोली भारतबाट फर्के पछि  केन्या विरुद्ध खेल्ने टिमको अन्तिम टुंगो लाग्ने छ ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved