नयाँ फिफा बरियता नेपाल तल झर्यो, भारत २३ बर्ष यताको उच्च स्थानमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 04, 2017 | 02:46:32 PM मा प्रकाशित

laxmi  sunrise bank

बिश्व फुटबलको सर्बोच्च निकाय फिफाले सन् २०१७ को  मई महिनाको फिफा बरियता सार्बजनिक गरेको छ । बिहिबार सार्बजनिक भएको मई महिनाको नयाँ बरियतामा नेपाल ३ स्थान तल झर्दै  १ सय ७३ औ स्थानमा पुगेको छ । एक महिनाको अवधिमा नेपालले २ अंक गुमाएको छ । अप्रिल २०१७ को बरियतामा नेपालको अंक ११२ रहेकोमा मई महिनामा अंक घटेर ११० पुगेको छ।

  फिफाले आज सार्बजनिक गरेको नयाँ बरियता अनुसार दक्षिण एसियामा सबै भन्दा माथि भारत १००  औ स्थानमा छ । माल्दिभ्स १५२औ, अफगानिस्तान १६१ औ , भुटान १६४ औ स्थानमा छ । नेपाल भन्दा पछि बंगलादेश १९३ औ, श्रीलंका १९७ औ र पाकिस्तान २०१ औ स्थानमा छ ।

बिश्व बरियतामा भने ब्राजिल  शिर्ष स्थानमा कायम छ भने दोस्रो स्थानमा अर्जेन्टिना , तेस्रोमा जर्मनी, चौथोमा चिली र पाचौमा कोलम्बिया  छन् । फ्रान्स, बेल्जियम, पोर्चुगल, स्विजरल्याण्ड , र स्पेन क्रमश छैठौ, सातौ, आठौ , नवौ र दशौ स्थानमा छन् ।

पुरा बरियता हेर्न यहाँ क्लिक गर्नु होला । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved