बंगलादेशलाई ९ विकेटले हराउदै भारत फाइनलमा, १० बर्षपछी दोहोरियो इतिहास

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 15, 2017 | 10:29:30 PM मा प्रकाशित

laxmi  sunrise bank

आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा बंगलादेशलाई भारि अन्तरले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको छ। बंगलादेशलाई ९ विकेटले पराजित गर्दै भारतले उपाधिका लागि पाकिस्तानसंगको भेट तय गरेको हो। 

बंगलादेशले दिएको २६५ रनको लक्ष्य पाएको भारतले ५९ बल अगाबै जित निश्चित गरेको हो। भारतका लागि क्याप्टेन बिराट कोहलीले नट आउट ९६ र रोहित शर्माले १२३ रन बनाए। भारतले जितको लक्ष्य ४० दशमलब १ ओभरमा भेट्टाएको हो। 

टस हारेर पहिले ब्याटिङ रोजेको बंगलादेशले ७ विकेटको क्षतिमा पुरा ५० ओभर खेल्दै २६४ रन जोड्यो। बंगलादेशका लागि तामिम इकबालले ७० , मुश्फीकुर रहीमले ६१, मश्रफे मुर्तजा ३०, मेह्मुदुल्लाह २१ र सब्बिर रहमानले १९ रन जोडे। भारतको तर्फबाट केदार जाधवले ६ ओभरमा २२ रन दिएर २ विकेट लिए। त्यस्तै बमराहले १० ओभरमा ३९ रन खर्चेर २ तथा भुवंशेरले ५३ रन दिएर २ विकेट लिए।

भारत र पाकिस्तान १० बर्षपछी उपाधिका आमने सामने हुँदै छन। यस अघि सन २००७ को टि-२० को खेलमा भारत र पाकिस्तानको भिडन्त भएको थियो।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved