देबीको यात्रामा आरम्भ चौतारी लघुवित्तको साथ, एकलाखबाट सुरु गरेको ब्यबसायबाट मालामाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2020 | 03:00:00 PM मा प्रकाशित

laxmi  sunrise bank

तत्कालिन चौतारी लघुवित्तले सिम्ता गाँउपालिका सुर्खेतस्थित जामुने बजारमा आफनो कार्यक्रम प्रारम्भ गर्दा देवी बुढाथोकी गाँउमानै परम्परागत निर्बाहमूखी खेती गरी दैनिक गुजारा गर्थिन्  । 

मौसममा आधारित खेती त्यसमा पनि कम उर्बर माटोमा घरका सबै परिवार मिलेर बर्ष दिनभरी कामगर्दा समेत न्यूनतम मानवीय आवश्यकता पुरा गर्न कठिन थियो । त्यो समय सल्यान जिल्ला बनगाँड कुभिन्डे नगरपालिका बार्ड नम्बर ०७ मा खपडाले छाएको सानो घर थियो बुढाथोकीको । 

त्यस क्षेत्रमा ४ रोपनी मात्र जग्गा भएकि देबी बुढाथोकीलाई बालबच्चा र आफ्नो गाँस,बास,कपास, शिक्षा र स्वास्थ जस्ता आधारभूत आवश्यकता पुरा गर्न खेतिबाट आएको आम्दानीले अपुग हुन्थ्यो । दुवै दम्पती मिलेर घर परिवार संचालन दुख सुख गरी रहेका थिए । तर श्रीमान बिरामी भई मृत्यु भएपछि दुई छोरीको शिक्षा दिक्षाको सम्पूर्ण जिम्मेवारीको दायीत्व देबी बुढाथोकीको एकल काधमा आयो । 

श्रीमान्को मृत्युपश्चात अभिभावकबिहीन भई विभिन्न आर्थिक, मानसिक, ब्यवहारिक कठिनाईका बाबजुत पनि देबिमायाले आफनो परिवारको विरासत धानी घर परिवार संचालन गरि रहेकी थिईन् । उनका मनमा विभिन्न बिचारहरु उत्पन भए पनि कतिपनि बिचलित नभई सानो तिनो ब्यापार गर्ने सोच त बनाउनु हुन्थ्यो तर समस्या पैसाको थियो । त्यसै क्रममा बि.स २०७५ सालमा आफ्नो गाँउ आमखोली देखि भेरी नदी पारी बाट सल्यान आई तत्कालिन चौतारी लघुवित्त वित्तीय सस्थाको जामुने बजार शाखाले आफ्नो कार्यक्रम बिस्तार गरेको थियो । सोही संस्थाबाट बाट प्रथम पटक रु १ लाख समूह जमानी तर्फको कर्जा लिई आफ्नै माटोमा आर्गनिक तरकारी खेती सुरु गरिन् । 

तरकारी खेतिबाट उत्पादित तरकारी स्थानीय सल्ली बजार,जामुने बजारमा लगी बिक्रि गरी नियमित आम्दानी हुने बाटो पहिल्याउन सफल भईन् । पहिलानै तरकारी खेती गर्ने सोच भए पनि एकल महिला कँहाबाट ल्याएर ऋण तिर्नुहोला भनेर   कतै बाट पैशा सापटी समेत नपाएर सानो ब्यापार गर्ने सपना पनि साकार पार्न नसकेकी बुढाथोकीले आरम्भ चौतारी लघुवित्तको बिना धितो तर्फको ब्याबसायीक कर्जाले उत्पादन र बजारसंग जोडेको विगत पटक पटक स्मरण गरी राख्ने बताउछिन् ।

प्रथम पटक लिएको कर्जाको साँवा, ब्याज पूर्व शर्त बन्द अनुसार भुक्तानी  गर्न सफल भएपछि उनको मनले थप ब्यवसायीक गतिविधीमा बिचार गर्न थाल्यो । त्यसपश्चात सोही संस्थाबाट रु १ लाख तीस हजार पुन कर्जा लिई सल्यान जिल्लाको बनगाँड कुपुण्डे स्थित आम खोली बजारमा होटल ब्यवसाय संचालन गरेकी छिन् । हजार माईलको यात्रा एक पाईलाबाट सुरु हुन्छ भनेझै देवी बढाथोकीको ब्यवसायीक यात्रा तरकारी खेती होटल ब्यवसाय हुँदै अब जग्गा खरिद गरी अचत सम्पती जोड्ने अबस्थासम्म पुगेको छ । उनले  उत्पादित तरकारी जिल्ला बाहिर निर्यात गर्ने सोँचका साथ थप तरकारी खेतिका लागी जग्गा समेत खरिद गर्ने योजना तत्कालनै कार्यान्वयन् गर्ने अबस्थामा छिन् ।

स्वयम् आफूले उत्पादन गरेका तरकारी तथा अन्य कृषिजन्य उत्पादनहरु सुर्खेत, कोहलपुर र नेपालगन्जसम्म आपूर्ति गर्ने दृढ सकल्प व्यक्त गर्छिन्  । उनले संस्थाबाट कर्जा प्राप्त गर्नुका अतिरिक्त ब्यावसायीक तरकारी खेती सम्बन्धी परामर्श समेत पाएकी थिईन् । सो ब्यवसायकि परामर्श तथा अभिमुखीकरणबाट उन्नत जातको बिउ, प्रागारिक मल बनाउने तरिका र उत्पादित तरकारीको बजारीकरण सम्बन्धी ज्ञान पनि हाशिल गर्ने अवसर प्राप्त गरिन् । पहिला छोरीहरुलाई आफ्नै गाँउमा पढाउनलाई समेत आर्थिक अबस्था बाधक भए पनि हाल तरकारी खेती र होटल ब्यवसायबाट दैनिक आम्दानी हुने भएकाले छोरीहरुलाई १२ र १० कक्षामा काठमान्डौमा राखेर पढाउँदै  छिन् ।

दुख सुख उकाली उरोली सबै आरोह अवरोह समेत भोग्नु भएकि बुढाथोकीले विपन्न,विधुवा तथा समाजमा पछि परेका आम दिदि बहिनी आमाहरुको जीबनमा खुसीका लागी ब्यवसायीक क्रियाकलापमा सग्लन भई दुई चार पैसा कमाउने हुनुको बिकल्प नभएको बताउँछिन् । समाजका सबै पक्षको समन्वबाट ब्यवसाय मैत्री बाताबरण, उद्यमशिल सोच सहितको सोचमार्फत कृषिको आधुनिकीकरण गरेर मात्र समृद्ध नेपाल र सुखी नेपालकीको नीतिगत योजना ब्यहबारमा रुपान्तरण हुने बताउने उनी बास्तबमै हजारौ मन दुखाई आफ्नो जीबन ब्यतिmत गरी रहुन भएका आमा दिदि बहिनीहरुको लागी प्ररेणाको स्रोतको रुपमा रहेकी छिन्  । 

छोटो समयमानै ब्यवसायीक फड्को मार्न सफल भएकी उनी बर्तमान जीबन बलियो ब्यवासायीक आत्म विश्वास सहितको कार्य ब्यस्तताले भरिपूर्ण रहेको छ । आफ्नो सोचअनुसार बित्तीय सस्थाले प्रदान गर्ने कर्जाको किस्ता थोरै थोरै मासिक रुपमा क्रमश भुक्तान गरे हुने, मासिक रुपमा क्षमता अनुसार बचत गर्न पाईने र आवश्यक पर्दा कार्यालयमा गई फिर्ता गरी रकम लिन मिल्ने, गाँउ घरको जस्तो महंगो ब्याज नहुने र १५ प्रतिशत ब्याजदरमा कर्जा पाईने तथा एकमुष्ट कर्जा चुक्ता  गर्न बाध्य हुनु नपर्ने, लिएको कर्जाको समय समयमा सदुपयोगिता निरिक्षण हुने हुनाले जीवनस्तर सुधारमा लघुवित्तले साथ दिएको बुढाथोकी बताउँछिन् । 

व्यावसायीक  सिप तथा क्षमता बिकास तालिम लिन पाईने,कर्जा भुक्तानी मिति तथा रकम पूर्व निर्धारित हुने र बिना धितो तथा धितो सहित पनि कर्जा पाईने जस्ता सुविधाका कारण वित्तीय संस्थाबाट आर्थिक कारोबार गर्न लाभप्रद, सुलभ र सरल हुन गई जीबनस्तर सुधारमा टेवा पुगेको बताउँछिन्  ।

स्कूल, कलेज र विश्वविद्यालयको शिक्षा आर्जन गर्ने अवसर नपाएकी बुढाथोकीले अनुभव र प्रकृती लाईनै पाठशाला रुपमा लिई सोही पाठशाला तथा संस्थाका कर्मचारीहरुले प्रदान गर्ने उत्प्रेरणा र वित्तीय साक्षरताबाट कर्जाको सही सदुपयोग गरी फजुल खर्चमा नियन्त्रक कायमका साथै बचत अनिवार्य गर्ने बानीको बिकास गरेको बताउँछिन् । 

दुख र सर्घषपूर्ण जीबन यात्रा देखि ब्यावसायीक जीबन यात्रा सम्मको कालखण्डलाई सम्झना गर्दै सुदुर भविष्य समेत सुन्दर हुने  विश्वास उनले लिएकी  छिन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved