भायानेट मार्फत् जूमको सदस्यता लिदा यस्तो फाइदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2020 | 10:28:26 AM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट मार्फत् जूमको सदस्यता लिदा छुट प्राप्तगर्न सकिने भएको छ । नेपालको लागि जूमको आधिकारिक रिसेलर जिनिज् सोलुशन र भायानेटबीच यस सम्बन्धमा भएको सम्झौता संगै भायानेटका ग्राहकले यस्तो सुविधा पाउने भएका हुन् । 

जूम शैक्षिक संस्थानहरुकालागि अनलाइन कक्षाहरु संचालन गर्न, कर्पोरेटको लागि मिटिङ्ग, कन्फ्रेन्स र रिमोट तालिमगर्न र प्रशिक्षक, प्रेरक वक्ताकालागि वेबिनारहरु गर्न प्रभावकारी छ । कम्पनीका अनुसार यस एप्को पेड भर्जनले व्यक्ति र संघ–संस्थालाई महामारीको दौरान र पछि आफ्नो कार्यहरु सजिलै संचालनगर्न उल्लेखनीय फाइदा र सुविधा प्रदानग गर्दछ ।

अनपेड सदस्यताको दाँजोमा पेड सदस्यताको केही फाइदाहरु प्रकार रहेको बताइएको छ । पेड सदस्याहरुलाई २४ घण्टे गु्रप मिटिङ (अनपेडमा ४० मिनेट मात्र), होस्टले एक हजार सदस्यभन्दा बढी सदस्यमा अपग्रेड गर्नसक्ने वा १० हजार जना उपस्थित भएर हेर्न मात्र मिल्ने र स्पीच–टु–टेक्स्ड ट्रान्सक्रीप्शनद्वारा मिटिङको बुँदाहरु स्वतःउत्पादनहुने सुविधा पनि उपलब्ध रहेको जनायएको छ ।

यसको साथै भायानेटले नेपालको अग्रणी इन्टरनेट र टिभी सेवाप्रदायकले आफ्नो सेवालाई अझ राम्रो बनाउन र ग्राहकको आवश्यकतालाई पूरा गर्नको लागि अर्को एउटा कदम चालेको जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved