वर्ल्डलिंकद्वारा मानवसेवा आश्रमलाई न्यानो कपडा वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2020 | 03:34:21 PM मा प्रकाशित

laxmi  sunrise bank

वर्ल्डलिंक कम्युनिकेशन्स WorldLink Communications  ले मानवसेवा आश्रममा आश्रित ११ सय लक्ष्मीनारायणहरुलाई न्यायो कपडा उपलब्ध गराएको छ । बिहीबार वर्ल्डलिंक कम्युनिकेशन्सका निर्देशक दोय  मनोज अग्रवाल र विजय जालानले आश्रम भक्तपुर शाखामा पुगेर आश्रमका आश्रित लक्ष्मीनारायणहरुको लागि ११ लाख मुल्य बराबरको न्यानो कपडा वितरण गरेका हुन् ।

कपडा बुटवलस्थित गार्मेन्ट फ्याक्ट्रिमा तयार गरिएको हो । हाल मानवसेवा आश्रमको २० सेवा केन्द्रहरुमा वर्ल्डलिंकले हाईस्पिड ईन्टरनेट निशुल्क उपलब्ध गराउदै आइरहेको जनाएको छ । कम्पनीले मानवसेवा आश्रम भक्तपुर शाखाको उद्घाटनको समयमा सुरुवातमा लाग्ने सम्पुर्ण खर्च दश लाख समेत उपलब्ध गराएको जानकारी दिएको छ ।

मानवसेवा आश्रम २०७८ सालभित्र बाध्यात्मकरुपमा खुला आकाशमुनी कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुमुक्त राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य राखि सहयोगापेक्षी सडकमानवहरुको मानवोचित व्यवस्थापनको लागि देशव्यापीरुपमा सेवा सञ्चालन गर्दै आइरहेको जनाईएको छ । 

वर्ल्डलिंक विगत २५ वर्ष देखि इन्टरनेट सेवा प्रदान गर्दैआइरहेको इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved