प्रदेश ५ मा धमाधम एनालग सिग्नल बन्द, अन्यमा पनि बन्द गराइँदै

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 09, 2018 | 11:36:46 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं उपत्यकामा एनालग सिग्नल बन्द सफल भएपछि अब मोफसलका जिल्लाहरुमा एनालग टेलिभिजन बन्द हुन थालेका छन। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कडाइका साथ अनुगमन शुरु भएपछी मोफसलमा समेत एनालग बन्द हुन थालेका हुन। 

मन्त्रालयका योजना शाखाका अधिकृत सन्तोषकुमार खत्रीले देशभरका सबै एनालग टेलिभिजनहरु बन्द गराउन सरकारले अनुगमन गरिरहेको बताए। एनालग टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलाई विस्थापन गर्न लागिएको उनको भनाई छ।     

नेपाल सरकारले देशभरिका एनालग प्रणालीका सेवा बन्द गर्न असार मसान्तसम्मको समय दिएको थियो । उक्त समयावधिभित्र एनालग टेलिभिजन बन्द भए-नभएको अध्ययनका लागि शाखा अधिकृत खत्री र इलेक्ट्रोनिक इञ्जिनियर अनिल भुजेलको २ सदस्यीय टोली अनुगमन गर्न थालेको हो ।

अनुगमन पश्चात पाँच नम्बर प्रदेशको ठूलो व्यापारिक केन्द्र मानिने नेपालगञ्जमा पनि एनालग प्रविधिको टेलिभिजन बन्द गरिएको छ । त्यहाँको बागेश्वरी केवल टेलिभिजन र सुपर भिजन केवल टेलिभिजनको अनुगमन गरिएको हो। 

अनुगमन टोलीले सञ्चालनमा रहेको एनालग सेवा बन्द गर्ने कार्यालयलाई तिब्रता दिएको छ। पूर्वी नेपालबाट एनालग प्रविधिको केवल टेलिभिजन बन्द गर्न शुरु गरेको अनुगमन टोलीले टेलिभिजनको डिजिटाइजेशनलाई बाध्यात्मक बनाउन नेपालगञ्जमा पनि अनुगमन गरेको हो। सोही क्रममा नेपालगञ्जका एनालग सेवा बन्द गरिएको शाखा अधिकृत खत्रीले जानकारी दिए ।

नेपालका केवल सञ्चालकले अहिले ग्राहक संख्या कम देखाएर मूल्य अभिवृद्धि कर (भ्याट) बिल जारी नगर्ने समस्या बढेपछि अनुगमनको पाटोलाई अझै कडा बनाएर अगाडि बढिएको शाखा अधिकृत खत्रीको भनाइ छ । खत्रीका अनुसार भारतीय डिटीएचबाट गैरकानूनीरुपमा सिग्नल लिएर वितरण गर्ने परम्परा पनि चलिरहेकाले त्यसलाई तोड्न अबको व्यवस्था झनै प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

इलेक्ट्रोनिक इञ्जिनियर भुजेलकाले गैर कानूनीरुपमा भारतीय डिटीएच प्रयोग गर्दा सस्तो पर्ने भएकै कारण यसको प्रयोग बढेको बताउँदै यसलाई रोक्न मन्त्रालय तहबाटै भारतीय सेवाप्रदायक कम्पनीसँग छलफल गर्नुपर्ने आवश्यकता औंल्याए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved