सगुन: प्राथमिकतामा नेपाली लगानी, ३ महिनाभित्र मिनी आइपिओ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 18, 2016 | 12:30:07 AM मा प्रकाशित

laxmi  sunrise bank

सामाजिक सञ्जाल सगून डट कमले सर्वसाधारणलाई हिस्सेदार बनाउने उदेश्यले शुरु गरेको प्राइभेट प्लेसमेन्ट अफरिङ्ग सोमबारदेखि बन्द गरेको छ। अमेरिकामा बसेका नेपालीहरुले सुरु गरेको यो सामाजिक संजालमा विश्वका जुनकुनै देशबाट लगानी गर्न पाउने अवसर असार १५ देखि सुरु भएको थियो।

अमेरिकी सरकारको जब्स एक्ट २०१२ अनुसार सर्वसाधारणहरुका लागी ‘प्राइभेट प्लेसमेन्ट' शुरु गरिएको कम्पनीले जनाएको छ। पहिलो दिन देखि विश्वभरबाट यस विषयमा धेरैको साथ मिलेको भएता पनि लगानी गर्नको लागि विशेष आधारहरु पुरा गर्नु पर्ने भएकाले चाहना गर्नेहरु मध्ये धेरै जना लगानीको लागि योग्य हुन हुन नसकेको सगूनका संस्थापक गोविन्द गिरीले जानकारी दिएका छन।   

अमेरिकामा दक्षिण एसियालीको पहिलो स्टार्टअप कम्पनी बनेको सगुनले सर्वसाधारणलाई यसको हिस्सेदार बनाउने कार्यक्रम अन्तर्गत पहिलो चरणमा प्राइभेट प्लेसमेन्ट अफरिङ्ग शुरु गरेको थियो। पहिलो चरणको यो कार्यक्रम बन्द भएपछी दोस्रो चरणको लगानीको अवसर खुला गर्ने प्रक्रियालाई अघि बढाईएको गिरिले बताए।  
 
नेपाली लगानीकर्ताको बाहुल्यता रहोस भन्ने उदेश्यले मिनी आइपिओको तयारी भएको गिरिले जानकारी दिए। मिनी आइपिओसम्म आइपुग्न प्राइभेट प्लेसमेन्टको चरण पुरा गर्नु पर्ने भएकाले पहिलो चरणमा शुरु गरिएको उनले बताए। 

थोरै रकमबाट लगानी गर्न सकिने बताउदै उनले ३ महिना भित्रनै सगुनले मोबाइल एप्स सहित मिनी आइपिओ खुला गर्ने बताए। यो प्रक्रिया पहिलो चरण जस्तो जटिल नहुने र थोरै रकमबाट लगानी गर्न सकिने उनले बताए। यस लगत्तै सगुनले ‘सोसियल स्मार्ट कार्ड’ को शुरुवात गर्ने भएको  छ। जसमार्फत लगानीकर्तालाई मुनाफाको हिस्सा प्राप्त हुनेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved