पैसाको लागि बिश्वभर आतंक मच्चाउदैछ टेस्टोनी, प्रयोग गर्दा यसरी फसिन्छ, हेर्नुस कसरी बच्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 03, 2017 | 01:21:14 PM मा प्रकाशित

laxmi  sunrise bank

केही दिन यता फेसबुकमा टेस्टोनी एप प्रयोग गरेर त्यसले नतिजा हेर्दै रमाइलो गर्नेहरुको संख्या उल्लेख्य बढेको छ। केहि भने यसलाई आतंकको रुपमा लिदै यो सुरक्षित नभएकोले यसको प्रयोग नै नगर्न सुझाव दिईरहेका भेटिन्छन ।

के हो टेस्टोनी एप ? 

यो फेसबुकमा प्रयोग हुने एउटा थर्ड पार्टी एप्लेकेशन अर्थात फेसबुकले आधिकारिकता नदिएको एप्लिकेशन हो । यसले "तपाईंको बिहे कोसँग हुन्छ?", "तपाईं भविष्यमा के बन्नुहुन्छ?", "तपाईको मृत्यु कहिले हुन्छ?" लगायतका प्रश्न सोध्ने र त्यसको उत्तर दिने गर्दछ । अहिले नेपालका फेसबुक प्रयोगकर्ताले यिनै प्रश्नको उत्तरलाई एप मार्फत आफ्नो प्रोफाइलमा शेयर गरिरहेका हुन्छन् ।

कसरी हुन्छ खतरा ? 

जब यस एपले सोध्ने प्रश्नको उत्तर थाहा पाउनको लागि हामीले किल्क गर्छौ यसले फेसबुकमा लग इन् गर्न लगाउँछ  । त्यसपछि यसले हाम्रो अनुमति माग्छ ।



हामी पढ्दै नपढी अगाडी बढ्छौ तर त्यसले हाम्रो प्रोफाइलमा भएको जानकारी हेर्नको लागि अनुमति लिई सकेको हुन्छ ।

कम्प्युटर प्रोग्रामर टुरूप संग्रौला भन्छन, यसले हाम्रो म्यासेज पनि हेर्न सक्छ । त्यहि म्यासेजमा हामीले गरेको कुराकानीको  आधारमा यसले आफ्नो नतिजा दिने गर्छ । जस्तै हामीले धेरै बोल्ने व्यक्तिलाई यसले गर्लफ्रेण्ड वा ब्याई फ्रेण्ड हो भनेर नतिजा दिन्छ । संग्रौला भन्छन 'यसले हामो पासवर्ड त् लिदैन तर यसले हाम्रो एकाउन्ट र म्यासेजमा भएको गोप्य विवरण र सुचनाहरु मिसयुज गर्न सक्छ' । सोहि कारण यस्ता एप्लिकेशन प्रयोग नगर्नु नै उचित हुने उनको सुझाव छ ।

किन आउछन् यस्ता एप ? 

यी एपहरु मुलत पैसा कमाउनकै लागि बनाईएक हुन् । यो एप नेपालमा मात्र नभई बिश्वभर छ । हाल यो एप नेपाली र हिन्दी र अंग्रेजी सहित ४५ वटा भाषामा उपलब्ध छ । यस प्रकारका साइट खोल्ना साथ त्यहाँ गुगलले दिने गुगल एडसेन्स अर्थात गुगलमार्फत हुने बिज्ञापन देख्न सकिन्छ  । त्यहाँ देखिएको एडमा क्लिक गर्दा उनीहरुलाई पैसा आउछ  । एडमा क्लिक नगरेपनि त्यस पेजमा गरिएको भिजिटर अनुसार उनीहरुलाई राम्रै आम्दानी हुन्छ  ।

यो एपले प्रयोगकर्तालाई प्रश्न र उत्तर बनाउने सुबिधा दिएकाले यसको प्रयोग झन् बढेको हो  । प्रयोगकर्ताले आफु अनुकुलका प्रश्नहरु बनाएर यसको प्रयोग गरिरहेका छन्  ।




यो एप नेपालमा अहिले बल्ल भाइरल भएको भएपनि यो भर्खरै बनेको भने होइन  । यो सन् २०११ मै दर्ता भएको थियो  । जसले यो साइट दर्ता गर्यो उसले आफ्नो सम्पूर्ण विवरण भने गोप्य राखेको छ  । एलेक्सा र्यांक अनुसार हाल यो साइट बिश्वमा २११८ को र्यांकमा छ  ।

कसरी बच्ने ? 

यसबाट बच्न २ तरिका छन्  । 

पहिलो : यस एपबाट आफ्नो टाइमलाइनमा कुनै पनि पोस्ट नदिखिने बनाउने  । दोस्रो यसलाई दिएको अनुमति नै हटाईदिने  अर्थात् यो एप नै हटाइदिने  ।

यदि तपाईले यो एप प्रयोग गर्नु भएको छैन र तपाई अरुले यसको पोस्ट गरेको देखेर दिक्क हुनु भएको छ भने तपाईलाई पहिलो बिकल्प उत्तम हुन्छ  । 

टाइमलाईनमा यस्तो पोस्ट देखिंदा त्यसको दाहिने पट्टि भएको ३ ओटा ... मा क्लिक गर्ने अनि थप अप्सनमा क्लिक गरी Hide all from testony.com app मा क्लिक गर्ने । 

यसो गर्दा तपाईले अरुले गरेको पोस्ट मात्र देख्नु हुन्न तर तपाइले त्यस एपलाई दिएको अनुमति यो एपसंग अझै कायम हुन्छ र उसले तपाइको प्रोफाइलमा भएको इन्फर्मेसन मिसयुज गर्न सक्छ । 


त्यसलाई दिएको परमिसन नै हटाऊनको लागि फेसबुकको सेटिंगमा जाने , त्यसपछि देब्रेपटि रहेको अप्सनहरुको सुचीबाट app मा क्लिक गर्ने  ।  त्यसपछि टेस्टोनी एप खोजेर त्यस माथि माउस लैजाँदा X देखिन्छ, त्यहाँ क्लिक गरेर remove मा क्लिक गर्ने  । यसो गर्दा यस एपले तपाइको सूचना प्रयोग गरेर हुने सम्भवित जोखिमबाट बच्न सकिन्छ  । 

भिडियोमा हेर्नुस हटाउने तरिका  । 





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved