बहराइनका राजकुमारबाट कोरोनापछिको पहिलो हिमाल आरोहण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2020 | 07:57:54 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरस संक्रमणपछि यस वर्षको हिमाल आरोहण खुल्ला भएको छ । यस वर्षको पहिलो हिमाल आरोहणका लागि पर्यटन विभागले शुक्रबार बरुन्चे हिमालको अनुमति दिएसगैँ आरोहण खुल्ला भएको हो । 

७ हजार २ सय २९ मिटर उचाईमा रहेको बरुन्चे हिमाल आरोहणका लागि विभागले ६ जनाको नेपाली समूहलाई अनुमति दिएको हो । नेपाली आरोहण समूहलाई पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले आरोहण अनुमति प्रदान गरेका छन् । विभागका अनुसार ६ आरोही समूहको नेतृत्व दावा स्टेभन शेर्पाले गर्नेछन् । 

विभाग अन्तरगर्तको पर्यटन शाखाका निर्देशक मिरा आचार्यका अनुसार सरकारले तोेकेको स्वास्थ्य मापदण्डको पालन गर्ने गरी नेपाली तथा विदेशी आरोहीलाई आरोहण अनुमति दिईने छ । यस सिजनका हिमाल आरोहणका लागि विभागले सहजिकरण गर्ने उनी बताउँछिन् । 

मन्त्रिपरिषद्को बैठकले बहराइनका राजकुमार सहितको १८ जनाको समूहलाई आरोहण अनुमति दिएसगैँ नेपाली आरोहीले आरोहण अनुमति लिएका हुन् । सरकारले सेप्टेम्बर १५ पछि राजकुमार नासिर बिन हामिद अल खलीफासहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहणमा आउने भएका छन् ।

जममा १५ जना बहराइनी र ३ जना बेलायती रहने उक्त समूहको आरोहणको जिम्मा नेपाली कम्पनी सेभेन समिट ट्रेक्स प्रालिले लिएको छ । उक्त आरोहण समूहले विागवाट अनुमति लिएको छैन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved