साढे आठ सय आरोही हिमाल चढ्दै, कुन हिमालमा कति आरोही ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 01:20:55 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमाल आरोहण लागि अनुमति लिनेको संख्या आठ सय नाघेको छ । बिहिबारसम्म १०४ समुहमा गरी ८४१ जनाले आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ । 

यीमध्ये सगरमाथा आरोहणका लागि धेरैले अनुमति पाएका छन् । यो सिजन सगरमाथा आरोहणका लागि ३९ समूहका ३७७ जनाले स्वीकृति पाएका छन् । यीमध्ये पनि पाँच वटा समूहका १३ जना नेपाली मात्रैले आरोहण गर्दैछन् । 

लोत्से हिमाल आरोहणका लागि अनुमति लिनेको संख्या ९२ पुगेको छ । मकालु हिमाल चढ्नका लागि ५३ जना, आमदब्लम हिमाल आरोहणका लागि ४९ र अन्नपूर्ण हिमाल आरोहणका लागि २३ जनाले विभागबाट स्वीकृति पाएका छन् । 

पर्यटक विभागले दिएको जानकारी अनुसार यसवर्ष आरोहण अनुमति पाएकाहरुबाट करिब ५० करोड रोयल्टी संकलन भएको छ । विभिन्न हिमालको आरोहणमा जान चाहानले तिर्नुपर्ने रोयल्टी रकम यसवर्ष ४९ करोड ५ लाख ४३ हजार २८२ रुपैयाँ संकलन भएको छ । 

कुन हिमालमा कति आरोही ?


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved