होटल संघ नेपाल सुदूरपश्चिम प्रदेश तदर्थ समिति गठन, संयोजकमा भट्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2024 | 11:09:45 AM मा प्रकाशित

laxmi  sunrise bank

होटल संघ नेपाल सुदूरपश्चिम प्रदेश तदर्थ समिति गठन भएको छ । आइतबार धनगढीमा आयोजित  एक कार्यक्रमका बीच धनगढीका प्रतिष्ठित होटल व्यवसायी दिनेशराज भण्डारीको संयोजकत्वमा जगदीशचन्द्र भट्ट, मानसिंह साउद, ज्ञानेन्द्र गुप्ता र पुष्पराज कुँवर गरी पाँच सदस्यीय समिति गठन भएको हो । उक्त समितिलाई संघका केन्द्रीय अध्यक्ष विनायक शाहले ह्यान पिन लगाएर स्वागत गरेका छन् ।

सो अवसरमा होटल संघ नेपाल(ह्यान) का केन्द्रीय अध्यक्ष शाहले संघको सातै प्रदेश र ७७ वटै जिल्लामा संघको उपस्थिति रहने उल्लेख गर्दै विशेष गरी होटल उद्योग प्रवद्र्धन र विकासमा प्रदेश समितिले सहयोग पुर्याउने बताए ।

यसैगरी, ह्यानका प्रदेश प्रमुख नजिर मियाले सुदूरपश्चिम प्रदेशमा होटल संघ नेपालको उपस्थितिले प्र्रदेश पर्यटन विकास र विस्तारमा सघाउ पुग्ने बताए । 

त्यस्तै, क्षेत्रीय होटल संघ कञ्चनपुरका अध्यक्ष जगदिशचन्द्र भट्टले प्रदेश गठनबारे खुसी व्यक्त गर्दै आगामी दिनमा प्रदेश पर्यटन प्रवद्र्धनमा नवगठित समितिले प्रदेश पर्यटन प्रवद्र्धनमा ह्यानसँगको सहकार्यमा उल्लेखनीय कार्य गर्ने बताए ।  तदर्थ समिति संयोजक दिनेशराज भण्डारीले केन्द्रीय होटल संघले प्रदान गरेको जिम्मेवारी नतिजामुखी हुने बताए । 

संघका केन्द्रीय कोषाध्यक्ष युवराज श्रेष्ठले होटल संघ नेपालबारे प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा संघका महासचिव साजन शाक्य तथा सुदूरपश्चिम प्रदेशका पूर्व अर्थमन्त्री नरेशबहादुर शाहीले पर्यटन प्रवद्र्धनसम्बन्धी आ आफ्ना धारणा राखेका  थिए ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved