प्रधानमन्त्री ओली कति समय अस्पताल बस्नुपर्ने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2019 | 02:22:59 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालमा भर्ना भएर उपचार गरिरहेका छन् । स्वास्थ्य उपचारका लागि गत साउन १८ गते सिंगापुर गएर साउन २७ गते स्वदेश फर्किएका प्रधानमन्त्री भदौ ५ गते सिंगापुर गएका ओली भदौ २० गते फर्किएका थिए । उनी स्वास्थ्यमा प्रतिकुल असर देखिएपछि आज फेरि ग्राण्डी पुगेका छन् । 

प्रधानमन्त्रीको वर्तमान स्वास्थ्य अवस्थाबारे उनको सचिवालयले स्पष्ट जानकारी सार्वजनिक गरेको छैन । अस्पतालले समेत तत्काल प्रधानमन्त्रीको अवस्थाबारे केही बोल्न नसकिने प्रतिक्रिया दिएको छ । 

कति समय अस्पताल बस्नुपर्ने हो भन्नेबारे सचिवालयले स्पष्ट जानकारी नदिएपनि केही घण्टा अझै लाग्ने जनाएको छ । ‘भिभिआईपी हरुको स्वास्थ्य परीक्षणमा होल बडी नै चेक हुने गर्छ’ प्रधानमन्त्रीका प्रेस संयोजक कुन्दन अर्यालले भने, ‘आजै दिउँसोसम्म फर्किनुहुन्छ ।’ ल्याव टेष्ट गर्न केही समय लाग्ने भएका कारण उनले केही लागेजस्तो देखिएपनि यो नियमित स्वास्थ्य जाँच भएको अर्यालले भने । तर सचिवालयले प्रधानमन्त्रीलाई भएको के हो भन्नबारे समेत केही जानकारी दिएको छैन । 

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न उपप्रधान एवम् रक्षामन्त्री इश्वर पोखरेल ग्राण्डी अस्पताल पुगेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved