सापकोटालाई सभामुख बनाउने नेकपाको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2020 | 06:04:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको छ  । आइतबार साँझ बसेको बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो  ।

यस अघि आज बिहान पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली (प्रधानमन्त्री) र पुष्पकमल दाहाल प्रचण्डबीच अग्नि सापकोटालाई सभामुख बनाउने सहमति भएको थियो ।  सोहि सहमतिलाई सचिवालय बैठकले अनुमोदन गरेको हो । सापकोटा  सिन्धुपाल्चोकबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्  ।

सभामुखमा सहमति नहुँदा यसअघि पटक पटक सुचना टाँस गरेर संसद बैठक स्थगित हुदै आए ।  संसद बैठक भोली ६ गते बोलाईएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved