अलपत्र परेका यात्रुलाई बुटवलमा दुईवटा बसको व्यवस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2020 | 01:49:51 PM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल उपमहानगरपालिकाले लकडाउनको पूर्ण पालनाका लागि पैदल हिंड्न पनि रोक लगाएपछि सडकमा यात्रुहरु देखिन छाडेका छन् । अलपत्र मजदूर भए खानाको व्यवस्था गरी गन्तव्यसम्म पुर्याउने गरी उपमहानगरपालिकाले व्यवस्थापन गरेपछि सडकमा पैदलयात्री समेत देखिन छाडेका हुन् ।

यसअघि साँझ र बिहानको समयमा मानिसहरुको बढी चहलपहल हुने गरेको भन्दै बुटवल उपमहानगरपालिकाको आलोचना हुने गरेको थियो । अलपत्र यात्रुलाई गन्तव्यसम्म पु¥याउनका लागि बुटवल धागो कारखाना अगाडि र पाल्पाको सिद्धबाबामा बस तयारी अवस्थामा राखिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।

अलपत्र अवस्थामा रहेकालाई खानाको व्यवस्था गरी गन्तव्यमा पु¥याउन थालिएपछि लकडाउनका बेला उनीहरुले राहतको महशुस गरेको र अत्यावश्यक बाहेकका मानिसहरु घरबाहिर निसकन छाडेको उपमहानगरप्रमुख सुवेदीले बताए ।

बुटवल उपमहानगरपालिकाले विगत चार दिनयता यसरी अलत्रि परेका १३ सय व्यक्तिहरुलाई खाना खुवाइसकेको छ ।  नेकपा बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थीले लकडाउनका बेला खान नपाएर कोही पनि भोकै बस्नु नपर्ने भन्दै यसका लागि पार्टीले पनि स्थानीय सरकारसँग समन्वय गरिरहेको बताए । 

बुटवल उपमहानगरपालिकाले कोरियन टेक्निकल इन्स्टिच्यूट परिसरमा अलपत्र परेका यात्रुहरुका लागि खानाको प्रवन्ध गरेको यसका लागि पार्टीले समन्वय गरिरहेको पनि उनले बताए । लकडाउनका बेला अत्यावश्यक कामबिना घरबाहिर ननिस्कन पनि उनले नगरबासीलाई आग्रह गरे ।

मर्निङ र इभिनिङ वाकको निहुँमा भिडभाड हुने गरेको हुदा बुटवल उपमहानगरपालिकाले बिहान ८ बजेभन्दा पहिले र बेलुका ५ बजेपछि घरबाट ननिस्कन अनुरोध गरेको छ । साथै दैनिक अत्यावश्यक समान मात्र बिहान ८ देखि बेलुका ५ बजेसम्म खरिद बिक्री गर्न दिने व्यवस्था गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved