२ दिनको शेयर कारोबार छानविन अनिश्चित, नेप्से कै कर्मचारी भन्छन् 'हास्यास्पद निर्णय'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2020 | 10:49:26 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा गत हप्तामा भएको २ दिनको शेयर कारोबारको छानविन अनिश्चित बनेको छ  । लगानीकर्ताहरुबाट बजारमा चलखेल भएको गुनासो गरेपछि नेपाल धितोपत्र बोर्डले नेप्सेलाई यसबारे छानविन गर्न निर्देशन दिएको थियो  । तर निर्देशन लगत्तै नेप्से बन्द भएकोले छानविन अनिश्चित भएको हो  

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले बोर्डबाट पत्र आएको स्वीकार गरे  । तर आफुले अहिलेसम्म पत्र नहेरेकोले त्यसको व्यहोरामा के उल्लेख छ भन्ने बारे जानकारी नभएको दाबी गरे  । उनले अहिले नेप्सेको कार्यालय पनि बन्द रहेकोले अब खुलेपछि मात्र त्यसमा आवश्यक अध्ययन तथा छानविन हुने बताए  । यद्यपि बजारमा चलखेल नभएको उनको दाबी छ  । उनले भने 'एकै व्यक्तिले पटक पटक थोरै कित्ता कारोबार गरेमा चलखेल भन्ने सकिने तर त्यस्तो देखिएको छैन, पहिलो दिनको कारोबारमा त्यस्तो देखिएको छैन, दोस्रो दिनको हेर्न बाँकि छ'  । उनले सबै पास खारेज भएकोले अब कार्यालय खुलेपछि मात्र अध्ययन सुरु हुने बताए  ।

सरकारले लकडाउनको अवधि जेठ २० गतेसम्म कायम गरेकोले कार्यालय कहिले खुल्ने अझै अनिश्चित छ  । यससंगै छानविन पनि अनिश्चित बनेको छ  । बोर्डले छानविनको लागि समय पनि नतोकेकोले छानविनमा अन्योल बढेको हो  । बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना यसबारे छानविन गर्न निर्देशन दिईएको तर समयसीमा भने नतोकिएको बताउछन्  ।

हास्यास्पद निर्णय 

उता नेप्से कै केहि कर्मचारी भने बोर्डको निर्देशनलाई हास्यास्पद बताउछन्  । नाम नबताउने शर्तमा एक कर्मचारीले भने 'नियमावली मै १० कित्ता वा सो भन्दा कम कित्ता को  कारोबार गर्न सकिने उल्लेख छ, नियमावली मै उल्लेख ब्यबस्था अनुसार लगानीकर्ताले कारोबार गर्दा कसरि चलखेल भयो ?'  । सबै कारोबारको विवरण नेप्सेको फ्लोर सीटमा देखिने बताउदै उनी भन्छन् ' सबै कारोबारको विवरण छर्लङ्ग छ, यसमा के छानविन गर्नु, यो हास्यास्पद कुरा भयो'  ।

४ वटै लगानीकर्ता संघले भने २ दिन (बैशाख ३० र ३१ गते) को कारोबारमा ब्यापक चलखेल भएकोले दुवै दिनको कारोबार रद्द गर्न माग गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved