भारतबिरुद्ध प्रधानमन्त्रीको आक्रोश: भेटेर सोध्नेवाला छु, 'सत्य रोज्ने कि शक्ति ?'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2020 | 01:58:27 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनलाई प्रतिनिधि सभामा उपस्तिथीत भएका प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्साको बिषयलाई जोड दिएका छन्। 

जेठ ५ गतेको मन्त्रीपरिषदको बैठकले पारित गरेको नेपालको नयाँ नक्सा तमासा नभएको प्रधानमन्त्री ओलीले प्रतिनिधि सभालाई जानकारी गराएका छन्। प्रधानमन्त्री  ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भुमि भएकाले यसलाई विवादित भन्न नहुने बताउदै नयाँ नक्सा स्थापित गर्नलाई संबिधान संसोधनको प्रस्ताव गरेका छन्। 

प्रधानमन्त्री ओलीले भारतको प्रवृतिप्रति आक्रोस व्यक्त गर्दै भारतलाई भेटेर सत्य रोज्ने कि शक्ति रोज्ने भनेर प्रश्न गर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले भारतको निशान चिन्हमा चार मुख भएको सिंहको तस्विर र त्यसको मुनि सत्यमेव जयतेु लेखेको जानकारी गराउदै सत्य रोज्ने कि शक्ति रोज्ने भनेर प्रश्न गर्ने बताएका हुन्। 

भारतको निशान चिह्नले सत्य बोल्न भने पनि भारतको सिंह जस्तो व्यवहार भएको प्रधानमन्त्री ओलीले बताएका छन्। प्रधानमन्त्री ओलीले भारतको निशान चिन्हमा सिंह र सत्य दुवै अंकित भएपनि आफुले सत्य रोज्ने समेत बताए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved