सेनाले किनेको १६ टन स्वास्थ्य सामग्री काठमाडौँ आइपुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 10:05:44 AM मा प्रकाशित

laxmi  sunrise bank

सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको छ । सेनाले तेस्रो पटक हवाई जहाजमार्फत बिहीबार बिहान सामान ल्याईपुर्याएको हो । स्वास्थ्य सामग्री लिएर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज बिहीबार बिहान ८ः५५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । 

चीनको गोन्जाउबाट निगमको जहाजले १४ हजार ८२० केजी (करिब १५ टन) स्वास्थ्य सामग्री ल्याएको हो । 

सेनाले पहिलो लटमा तातोपानी नाका हुँदै करिब ८ टन सामग्री ल्याएको थियो भने दोस्रो लटमा जहाजबाट १८.९ टन सामग्री ल्याएको थियो । बाँकी सामग्री भने स्थलमार्गबाटै आउने सेनाले जनाएको छ । सेनाले दुई अर्ब २६ करोडमा चीनबाट ६७ थरी २४३ टन स्वास्थ्य सामग्री खरिद गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved