फेरी थपियो लकडाउन, विमानस्थल असार १३ सम्म बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2020 | 09:05:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले लकडाउन अवधि १२ दिन थप गर्ने निर्णय गरेको छ  । शनिवार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन अवधि १२ दिन थप गरी जेठ ३२ गते कायम गर्न  निर्णय गरेको हो  ।

यस अघि सरकारले तय गरेको लकडाउन अवधि जेठ २० गतेसम्म थियो  ।

त्यस्तै बैठकले असार १३ गतेसम्म अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल बन्द गर्ने निर्णय गरेको छ । साथै बैठकले विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको  छ। यस संगै सरकारलाई विदेशमा अलपत्र रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गर्ने बाटो खुलेको छ  । 

यस अघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको थियो ।  विदेशबाट नेपाली फर्काउने काम एक सातापछि शुरु हुने अनुमान गरिएको छ । पहिलो चरणमा २५ हजार नागरिक स्वदेश फर्काइने छ । १३ लाख नागरिक स्वदेश फर्किने सरकारको आकलन छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved