पोखराको कोरोना विशेष अस्पतालमा एक जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2020 | 08:34:02 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखराको कोरोना विशेष अस्पतालमा उपचारको क्रममा एक जनाको मृत्यु भएको छ । पोखरा पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारका क्रममा सोमबार एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्याङ्जा फेदीखोला गाउँपालिका ५१ वर्षीय खड्कबहादुर कार्की रहेका छन्।

उनी २ हप्ताअघि भारतबाट आई क्वारेन्टिनमा बसेर घर फर्किएका थिए  । क्वारेन्टिन बसेर घर फर्किने क्रममा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछि ज्वरो आएपछि उनी उपचारका लागि पोखरा आएका थिए । 

उपचारका क्रममा कार्कीको मृत्यु भएपछि अस्पताल प्रशासनले पुनः कोरोना परीक्षणका लागि स्वाब संकलन गरी पोखरा स्वास्थ्य प्रतिष्ठानकाको प्रयोगशालामा पठाएको छ । मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै राखिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved