बिजपाटी सम्बाददाता     Jul 10, 2020 | 04:26:35 PM


tansen

आज शुक्रबार थप ११८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा थप ११८ जना संक्रमित भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ६ जनाको पीसीआर परीक्षण गरिएको छ । 

मन्त्रालयका अनुसार हालसम्म ८ हजार ११ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोनाका कारण ३५ जनाको मृत्यु भएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7