उपत्यका प्रवेश गर्ने १० हजार जनाको कोरोना परीक्षण, ४० पोजेटिभ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2020 | 04:56:03 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण ह्वात्तै बढेको छ । संक्रमित बढ्दै गएसंगै सरकारले उपत्यकामा प्रवेश गर्नेहरुलाई प्रवेश नाकाबाट स्वाब संकलन सुरु गरेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो समयमा उपत्यका प्रवेश गर्ने ३ नाकाबाट १० हजार सात सय ५३ जनाको स्वाब संकलन गरीएको छ । उक्त स्वाब परीक्षण गर्दा जम्मा ४० जनालाई कोरोना संक्रमण भेटिएको मन्त्रालयले जानकारी दिएको छ । 

उपत्यकामा पछिल्लो २४ घण्टामा ६२ जना कोरोनाका संक्रमित फेला परेका छन् भने देशभर २९५ जना संक्रमित भेटिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved