२५ करोड बजेटको भ्रमण वर्षमा ६२ करोडका कार्यक्रम

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 28, 2019 | 10:51:07 AM मा प्रकाशित

laxmi  sunrise bank

‘नेपाल भ्रमण वर्ष २०२०’लाई सफल बनाउन विभिन्न कार्यक्रम तय भएका छन् । भ्रमण वर्षको सचविालयले ६१ करोड ७४ लाख रुपैयाँ खर्च गर्ने गरी विभिन्न कार्यक्रमहरुको तर्जुमा गरेको छ । चालु आर्थिक वर्ष २०७६/७७ मा सचिवालयले पाएको बजेटका आधारमा कार्यक्रममा गरिने खर्चको तर्जुमा गरिएको हो ।

बजेट व्यवस्थापन कसरी ?

गत वर्षको र चालु वर्षको गरी जम्मा २५ करोड रुपैयाँ बजेट सचिवालयले पाएको छ । सचिवालयले बारम्बार यो बजेट अपुग हुने भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलमा ताकेता गरेपछि मन्त्रालयले भ्रमण वर्ष सचिवालयलाई बजेट तय गरेर खर्च गर्न अनुमति दिएको छ । मन्त्रालयको अनुमति पाएपछि सचिवालयले उक्त बजेट बराबरको कार्यक्रम तय गरेको हो । 

भ्रमण वर्षको सचिवालयले सन् २०२० का प्रत्येक महिनामा फरक फरक पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गर्ने योजना बनाएको छ । खेल पर्यटन प्रवर्दन, विदेशमा नेपालको पर्यटन प्रवद्र्धनात्मक गतिविधि, डिजिटल मार्केटको विस्तार, नेपालमा आयोजना हुने विभिन्न अन्तराष्ट्रिय महत्वका सभा समारोहको सहजीकरण लगायतका गतिविधि गर्न सचिवालयले ६१ करोड ७४ लाख रुपैयाँ खर्च गर्ने गरी कार्यक्रम तर्जुमा गरेको हो । यो बजेट अपुग हुने तर पर्यटन मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग थप बजेट माग हुने सचिवालयका सदस्य सचिव बच्चु नारायण श्रेष्ठले जानकारी दिए ।

के के शीर्षकमा हुँदैछ खर्च ?

भ्रमण वर्षको सचिवालयले चालु आर्थिक वर्षमा पाएको बजेट र मन्त्रालयले बजेट थप गरिदिने आश्वासन दिएपछि कार्यक्रम तय गरेको हो । तर पर्यटनविद्हरु सचिवालयले निकै ढिलो कार्यक्रम बनाएको भन्दै आलोचना गरिरहेका छन् । सचिवालयले तय गरेको कार्यक्रमअनुसार प्रचारप्रसारका लागि २६ करोड २५ लाख रुपैयाँ छुट्याएको छ । यो बजेटमध्ये नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा छिमेकी देशहरु भारत, चीन, युरोप, मध्यपूर्व, दक्षिण पूर्व, अस्ट्रेलिया र अमेरिका लगायतका देशमा हुने पर्यटन मेलामा सहभागी जनाउने र त्यहाँ नेपालको पर्यटन प्रवद्र्धन गर्न ४ करोड रुपैयाँ खर्च गरिने छ । नेपाली कुटनीतिक नियोग तथा गैरआवासीय नेपाली संघ (एनआरएनए)सँगको सहकार्यमा विदेशमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गर्न २ करोड ५० लाख रुपैयाँ छुट्टयाइएको सचिवालयले जानकारी दिएको छ । 

पर्यटनका विभिन्न प्रोडक्टहरु (होमस्टे, पदयात्रा, पर्वतारोहण, साहसिक खेलहरु) लगायतको विकासमा १० करोड ९० लाख रुपैयाँ सचिवालयले छ्टयाएको छ । २५ वटा नयाँ पर्यटकीय प्रोडक्टको उत्पादन गर्न १ करोड ५० लाख रुपैयाँ छुट्याईएको छ । यो बाहेक धार्मीक पर्यटन प्रवर्दन गर्न ‘टेम्पल स्टे’ प्याकेज निर्माणको पनि योजना बनेको छ । यसका लागि हिन्दु र बौद्ध धर्मको प्रचार गरेर धार्मीक पर्यटनको विकास गर्न सचिवालयले ७० लाख रुपैयाँ खर्च गर्ने भएको छ । ७० लाखमा शिवशक्ति सर्किटको अध्ययन, ५० लाखमा कालिगण्डकी गर्जमा ‘माउन्टेन बाइक ट्रेल’ आयोजना गरिने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved