भारतमा आक्रमक रुपमा सेवा विस्तार गर्दै मेरियट, खोल्यो १५० औ होटेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2024 | 12:04:44 PM मा प्रकाशित

laxmi  sunrise bank

मेरियट इन्टरनेशनलले भारतमा आफ्नो चेनको १५० औ होटेल खोलेको छ। कम्पनीले मे २ तारिखमा भारतको जम्मु कश्मिरको कत्रामा 'कत्रा मेरियट रिसोर्ट एण्ड स्पा' संचालनमा ल्याएको हो। 

सन् १९९९ मा पहिलो होटेल खोलेको मेरियटले २५ वर्ष मै १५० औ होटेल खोल्न सफल भएको हो। मेरियटले आफ्नो पहिलो होटेल गोवामा 'गोवा मेरियट रिसोर्ट एण्ड स्पा'को नामबाट खोलेको थियो। 

टाइम्स अफ इन्डियाका अनुसार मेरियटले भारतमा अबको ३ देखि ४ वर्ष भित्र थप ८३ वटा होटेल खोल्ने योजना बनाएको छ। जस मध्ये १० वटा सन् २०२४ मै खोलि सक्ने कम्पनीको योजना छ हाल भारतमा मेरियट अन्तर्गत ब्राण्डका होटेलमा कुल २८ हजार कोठा रहेकोमा थप ८३ वटा होटेल खोलेपछि कोठाको संख्या ४० हजार पुग्ने बताईएको छ । मेरियटले आध्यात्मिक पर्यटनलाई बढावा दिदै अयोध्यामा पनि होटेल खोल्ने तयारी गरेको छ । सन् २०२५ सम्म २५० होटेल खोल्ने कम्पनीको योजना छ। 

मेरियटले भारतमा १७ वटा विभिन्न ब्राण्डमा होटेल संचालन गरिरहेको छ । हाल मेरियटले भारतमा ३० हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । 

मेरियट अमेरिकी होटेल चेन हो। भारतमा मेरियटले तिब्र गतिमा व्यवसाय विस्तार गरिरहेको छ

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved