‘विकास बजेटको आकार नघटाएको भए हुन्थ्यो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2023 | 05:20:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघ (सीएनआई)ले बजेटको आकारसँगै विकास बजेटको आकार पनि घट्नु गलत भएको बताएको छ । 

बजेटको मध्यावधि समीक्षामार्फत अर्थमन्त्री विष्णु पौडेलले बजेटको आकार १४ प्रतिशतले घटाएर १५ अर्ब ४९ अर्ब  ९९ करोड रुपैयाँ कायम गर्दा विकास बजेटको आकार पनि घटाएका छन् । यस विषयमा प्रारम्भिक प्रतिक्रिया दिँदै परिसंघका उपाध्यक्ष विरेन्द्र राज पाण्डेले पुँजिगत बजेटको आकार घट्दा यसले तरलतामै प्रभाव पार्न सक्ने बताए । 

उनले अहिले राजस्व घटेको अवस्थामा बजेटको आकार घट्नु स्वभाविक भएको र यसबारे सहजै पूर्वानुमान लगाउन समेत लगाइएको भन्दै विकास बजेटको आकार घट्नु भने सामान्यतया गलत भएको बताए । विकास बजेटको खर्च गर्ने ‘स्पिड’ बढाउने कुरा भने स्वागतयोग्य रहेको उनको भनाई छ । 

‘विकास बजेटको खर्च बढाउने कुरा राम्रो हो, तर आकार नै घट्नु राम्रो भएन भन्ने लाग्छ’ उनले भने, ‘स्रोत सुनिश्चितता भइसकेका परियोजनाहरुको हकमा यो लागू नहोस्, स्रोत सुनिश्चित नभएका परियोजनाहरुमा पनि स्रोत जुटाएर काम गर्नुपर्ने बेला छ, यस्तो बेला आकार नघटाएको भए हुन्थ्यो भन्ने लाग्छ ।’ 

अर्थमन्त्री पौडेलले विकास बजेटको आकार १७.४९ प्रतिशतले घटाएर ३ खर्ब १३ अर्ब ८५ करोड १६ लाख कायम गरेका छन् । यसमध्ये हालसम्म ५३ अर्ब ४५ करोड ५२ लाख खर्च भइसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved