बजेटको ‘प्रारुप’ तयार, बुधबार अर्थमन्त्रीले राष्ट्रपतिसमक्ष ब्रिफिङ गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2023 | 03:47:34 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयले बजेटको मस्यौदा तयार पारेको छ । बजेट निर्माणमा खटिएको सहसचिव भुपाल बराल नेतृत्वको समितिले मस्यौदा तयार पारेसँगै बुधबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ब्रिफिङ हुने भएको छ । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आगामी बजेटबारे ब्रिफिङ गर्ने छन् । जेठ १० गते अर्थमन्त्रीले राष्ट्रपतिसमक्ष बजेट ब्रिफिङ गर्ने तालिका अनुसार बुधबार ब्रिफिङ गर्न लागिएको हो । 

बुधबार नै प्रारम्भिक मस्यौदाले अन्तिम रूप पाउनेछ । 

अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माका अनुसार यसपछि बजेट लेखन टिमले अर्थमन्त्रीले संसदमा प्रस्तुत गर्ने बजेट भाषण टाइप गर्न सुरु गर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved