विद्युतीय गाडी, मदिरा, चुरोटदेखि ड्रोन र सुकुमेलसम्मको कर बढ्यो, के मा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2023 | 10:10:17 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत विभिन्न वस्तुको कर बढाएका छन् । उनले विभिन्न वस्तुमा भन्सार महसुल र अन्तशुल्क वृद्धि गरेका हुन् । 


भन्सार महसुल के मा कति बढ्यो ?

सुकुमेलमा १० प्रतिशतबाट २० प्रतिशत

सुर्तीमा २० प्रतिशतबाट ३० प्रतिशत

ड्रोनमा १० प्रतिअशतबाट २० प्रतिशत

अफिम दानामा १० प्रतिशतबाट ३० प्रतिशत

साबुदानामा १० प्रतिशतबाट २० प्रतिशत

पत्थर तथा चट्टानमा २० प्रतिशतबाट ३० प्रतिशत

कोदालोमा १ प्रतिशतबाट ५ प्रतिशत

बेल्चामा ५ प्रतिशतबाट १० प्रतिशत

बन्चरो तथा खुर्पामा ५ प्रतिशतबाट १० प्रतिशत

मिश्रित मसलामा १५ प्रतिशतबाट २० प्रतिशत

ह्वाइट आयलमा १५ प्रतिशतबाट २० प्रतिशत

सिगारमा २० प्रतिशतबाट ३० प्रतिशत


अन्त शुल्क वृद्धि गरिएका 

कुरकुरे, लेज, चिजबलमा प्रति किलो १७ रुपैयाँबाट २० रुपैयाँ 

आलुचिप्समा प्रति किलो १७ रुपैयाँबाट १८ रुपैयाँ 

फलफुल जुसमा प्रतिकिलो ११ रुपैयाँबाट १३ रुपैयाँ 

पत्थर तथा ढुंगामा १५ प्रतिशतबाट २५ प्रतिशत

सिमकार्डमा ५ प्रतिशतबाट १० प्रतिशत

फिल्टर नभएको चुरोट (प्रति ५० प्याकेट) मा ७१० रुपैयाँबाट ७३० रुपियाँ 

७० मिमिसम्मको फिल्टर भएको चुरोटमा प्रति ५० प्याकेटमा १३३५ बाट १६९० रुपैयाँ 

७५ मिमिसम्मको फिल्टर भएको चुरोटमा प्रति ५० प्याकेटमा २२२५ बाट २३०० रुपैयाँ 

८५ मिमिसम्मको फिल्टर भएको चुरोटमा प्रति ५० प्याकेटमा २८८० बाट २९७० रुपैयाँ 

८५ मिमिभन्दा माथिको फिल्टर भएको चुरोटमा प्रति ५० प्याकेटमा ३९६५ बाट ४०८० रुपैयाँ 

अल्कोहल रहित बियरमा प्रतिलिटर ३० रुपैयाँबाट ३५ रुपैयाँ 

जौ बाट बनेको बियरमा प्रतिलिटर २२८ रुपैयाँबाट २३५ रुपैयाँ 

वाइनको कच्चा पदार्थमा प्रतिलिटर २२८ रुपैयाँबाट २३५ रुपैयाँ 

४२.८ प्रतिशत अलोकोहल भएको बियर, वाइन र मदिरामा प्रति लिटर १३०६ रुपैयाँबाट १३४५ रुपैयाँ 

३९.९४ प्रतिशत अलोकोहल भएको बियर, वाइन र मदिरामा प्रति लिटर १२१५ रुपैयाँबाट १२५० रुपैयाँ


विद्युतीय गाडीको भन्सार महसुल कति बढ्यो ?

विद्युतीय माइक्रोबसमा १ प्रतिशतबाट १० प्रतिशत

१०० किलोवाटसम्मको विद्युतीय गाडीमा १० प्रतिशतबाट १५ प्रतिशत

अनएसेम्बल्डतर्फ  २०० किलोवाटसम्मको विद्युतीय गाडीमा १५ प्रतिशतबाट २० प्रतिशत

अनएसेम्बल्डतर्फ  ३०० किलोवाटसम्मको विद्युतीय गाडीमा ३० प्रतिशतबाट ४० प्रतिशत

अनएसेम्बल्डतर्फ   ३०० किलोवाटभन्दा बढीको  विद्युतीय गाडीमा ४० प्रतिशतबाट ६० प्रतिशत

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved