
 2mb (1).gif)
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबिच बैंकासुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र बैंकका तर्फबाट सहायक महाप्रबन्धक केशब राज पौडेलले हस्ताक्षर गरे ।
सम्झौता पश्चात बैंकका ग्राहकले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्ने भएका छन् । आईएमइ ईन्स्योरेन्सका सिईओ श्रेष्ठले व्यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जनाए ।