पुनर्बीमा कम्पनीको सीइओमा रायमाझी नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2019 | 07:56:11 PM मा प्रकाशित

nepal oil ltd

नेपाल पुनर्बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा शंकरकुमार रायमाझी नियुक्त भएका छन्। कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आगामी चार बर्षसम्मका लागि रायमाझीलाई मुख कार्यकारी नियुक्त गरेको हो।

प्रारम्भिक छनौटमा परेका ४ जना मध्येबाट रायमाझी सीइओमा नियुक्त भएका हुन् । सीईओ बन्नको लागि  राष्ट्र बैंकको निर्देशकबाट अवकाश पाएका अशोक पौडेल, युनाइटेड इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी शेखर बराल, नबिल बैकका पूर्व ब्यवस्थापक ज्ञानेश्वर आचार्य, राष्ट्रिय बाणिज्य बैंकका पूर्व कर्मचारी शंकर रायमाझी र कृषि विकास बैंकका पूर्व कर्मचारी शेषनारायण आचार्यले आवेदन दिएका थिए। जस मध्ये रायमाझी, पौडेल, भण्डारी र आचार्य प्रारम्भिक छनौटमा परेका थिए।  

पुर्नबीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत छनौटको लागि अर्थमन्त्रायलका सहसचिव हरिशरण पुडासैनी संयोजक, आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्य र पुर्नबीमा कम्पनीका सञ्चालक रमेश राना सदस्य भएको छनौट समिति गठन भएको थियो । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved