महालक्ष्मी लाईफद्वारा कर्मचारीलाई सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धि तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2021 | 05:06:12 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाईफ इन्स्योरेन्स Mahalaxmi Life Insurance Company ले कर्मचारीहरुलाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धमा तालिम प्रदान गरेको छ । पोखरामा आयोजित तालिम कार्यक्रममा साविक गण्डकी, धौलागिरी र लुम्बीनी क्षेत्रका २२ जना कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो । 

कर्मचारीहरुलाई नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले गैर कानूनी रुपमा आर्जित रकम कसरी बैंक र बीमाको माध्यमले शुद्धिकरण गरिन्छ, अपराधिक र आतंकवादी क्रियाकलापबाट आर्जित रकमको पहिचान कसरी गर्ने र शंकास्पद कारोबारको रिपोर्टिङ तरिका बारेमा तालिम दिएका थिए । 

शुक्रबार संचालन हुने दोस्रो चरणको तालिममा बीमा प्रोडक्ट र यस्को बिक्रिका क्षेत्रहरु, प्रभावकारी अण्डरराईटिङका तरिकाहरु बारेमा तालिम संचालन हुनेछ । भोलीको तालिममा अण्डरपराईटिङ विभाग प्रमुख प्रभाकर न्यौपानेले तालिम दिने छन् ।

कम्पनीले २०७८ आषाढ मसान्तभित्र सातै प्रदेशका कर्यालय प्रमुख र कर्मचारीहरुलाई सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धि पूनर्ताजगी तालिम दिने कार्यक्रम बनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved