रिलायन्स लाइफको व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2021 | 01:06:02 PM मा प्रकाशित

laxmi sunrise bank

रिलायन्स लाइफले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने भएको छ । 

लाइफले कोभिड १९ को विषम परिस्थितिमा ग्राहकको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी ग्राहकले नवीकरण बिमाशुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखको २०७८ असार ३१ गतेभित्र पुनर्जागरण गराएमा सोमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने भएको हो ।

सो को फाइदा ग्राहकले यस विषम परिस्थितिमा पूर्ण रुपमा लिनेछन् भन्ने कम्पनीको विश्वास रहेको जनाइएको छ । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved