नेशनल लाईफद्वारा १ करोड बराबरको मृत्यु दावी भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2021 | 03:14:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाईफ इन्स्योरेन्स National Life Insurance Company  ले मृत्यू दावी भूक्तानीको रकम हस्तान्तरण गरेको छ । कम्पनीको डडेलधूरा स्थित शाखा कार्यालयमा आज एक कार्यक्रम आयोजना गरी स्व. पदम राज पन्तको मृत्यू दावी भूक्तानीको रकम प्रदान गरेको हो । 

कम्पनीका अनुसार स्व.पदम राज पन्तले सन् २०२१ फेबरी २२  मा रु.७० लाखको दोहोरो दूर्घट्ना लाभ सहितको १५ वर्षे अमृत श्री साबधिक जीवन वीमालेख खरीद गरेका थिए र सन् २०२१ मार्च ६ मा निजको जिप दूर्घटनाको कारणबाट मृत्यू भएकोले कम्पनीले वीमा दावी वापत रु.१ करोड २४ लाख ४८ हजार स्व. पन्तको इच्छाइएको व्यक्ति निजको श्रीमती बिमला देबी पन्तलाई भूक्तानी गरेको हो । 

उक्त रकम शैल्य शिखर नगरपालिकाका नगर प्रमूख अमर सिंह धामीको प्रमूख आतिथ्यमा कम्पनीको डडेलधूरा शाखा प्रमूखले चेक हस्तान्तरण गरेका थिए । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved