शंखरापुर नगरबासीको सम्पत्तिको बीमा आइएमई जनरल इन्स्योरेन्सले गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2021 | 12:45:56 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई जनरल इन्स्योरेन्स र शंखरापुर नगरपालिकाबीच नगरवासीको सम्पत्तिको बीमा गराउने सम्झौता भएको छ । नगरवासीको भौतिक सम्पत्ति, बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको हो । 

सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नगर प्रमुख सुवर्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

सम्झौता पश्चात शंखरापुर नगरपालिकामा रहेका सम्पूर्ण नगरबासीले पशुपन्छी तथा बालिनालीको बीमा आइएमई जनरल इन्स्योरेन्समा गराउने छन् । इन्स्योरेन्सले नगरवासीको भौतिक सम्पत्ति, कृषकहरुको बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने भएको हो ।

नगर प्रमुख सुवर्ण श्रेष्ठले नगरबासीको पशुपन्छी, बालिनालीको बीमा पश्चात कुनै कृषकको बीमा गरिएको सम्पत्तिको हानी नोक्सानी भएमा सो को क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइएमई जनरल इन्स्योरेन्ससँग सम्झौता गरी बीमाको व्यवस्था मिलाएको बताए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved