नयाँ कम्पनीलाई लाइसेन्स दिने समाचारबारे बोल्यो बीमा समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2021 | 05:12:16 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले कुनै पनि बीमा कम्पनीलाई इजाजत दिने निर्णय नभएको जनाएको छ । केही सञ्चारमाध्यममा थप जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र लघुबीमा कम्पनीहरुलाई इजाजत दिन लागिएको भन्दै प्रकाशित भएका समाचारमा सत्यता नरहेको बीमा समितिले जनाएको छ । 

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले शुक्रबार एक ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र लघुबीमा कम्पनीहरुलाई इजाजत दिने सम्बन्धमा कुनै काम कारबाही नभएको उल्लेख गरेका छन् । 

‘बीमा समितिले कुनै पनि जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र लघुबीमा कम्पनीहरुलाई इजाजत दिने निर्णय नगरेको र यस सम्बन्धमा कुनैपनि काम कारबाही समेत नगरेको स्पष्ट पार्न चाहन्छु’ कार्यकारी निर्देशक पौडेलले भनेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved