बीमा समितिद्वारा 'जलवायु जोखिम सम्बन्धि निर्देशिका' जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2022 | 06:19:28 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले 'जलवायु जोखिम सम्बन्धि निर्देशिका , २०७८' जारी गरेको छ। समितिले बीमा क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव सम्बोधन गर्नका साथै जलवायु परिवर्तनबाट बीमकहरुमा आईपर्ने जोखिमहरु तथा त्यसको प्रतिकार्य स्वरुप उनीहरुबाट भएका कार्यको मूल्यांकन गर्न वान्छनीय भएकोले यो निर्देशिका जारी गरेको जनाएको छ ।

निर्देशिका अनुसार  बीमकले जलवायु सम्बन्धी जोखिमबाट आफ्नो व्यवसायमा परेको प्रभाव खुलाई सो को विवरण आफ्नो वार्षिक प्रतिवेदनमा समावेश गर्नुपर्नेछ। यस्तो विवरण कुनै कारणले प्रकाशन नगरेमा बीमकले सोसम्बन्धी कुनै वैकल्पिक सूचना प्रकाशन गरेको छ वा छैन वा जलवायु जोखिम सम्बन्धी विवरण बीमकको पोर्टफोलियोसँग सान्दर्भिक भए वा नभएको वा त्यस्तो विवरण उपलब्ध हुन नसक्नाको कारण स्पष्ट खुलाउनुपर्ने ब्यबस्था गरिएको छ ।

बीमकले जलवायु जोखिमको प्रभाव सम्बन्धी विवरण आफ्नो वेबसाइटमार्फत प्रकाशित गरी त्यस्तो जोखिम न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा आफ्ना ग्राहकवर्गलाई सुझाव दिनुपर्ने ब्यबस्था पनि निर्देशिकाले गरेको छ । निर्देशिका लागू भएको मितिले ३ वर्ष पूरा भएपछि बीमकले नयाँ बीमा योजना तयार गर्दा सोको बीमाशुल्क निर्धारणमा जलवायु जोखिमलाई कसरी समाविष्ट गरिएको छ, सोसमेत स्पष्टरुपमा खुलाउनुपर्ने ब्यबस्था निर्देशिकाले गरेको छ।

पुरा निर्देशिका हेर्न यहाँ क्लिक गर्नु होला । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved