हिमालयन र एभरेष्ट इन्स्योरेन्सले पाए मर्जरको लागि अन्तिम स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2022 | 04:54:31 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले मर्जरको लागि बीमा समितिबाट अन्तिम स्वीकृति पाएका छन् । बीमा समितिले असार ८ गते दुवै कम्पनीलाई एक आपसमा मर्ज हुनको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।

दुवै कम्पनीको असार २ गते बिहिबार सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरिसकेको छ। मर्जर प्रयोजनको लागि १००:८५ रुपैयाँको स्वाप तय भएको छ । 

 हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. तथा एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि मूल्याङ्कनकर्ता जे. बि. राजभण्डारी एण्ड डिबिनस् (J. B. Rajbhadary & DiBins), चार्टड एकाउन्टेण्टस्द्वारा तयार गरिएको हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. तथा एभरेष्ट इन्स्योरेन्स कम्पनी लि.को चल/अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (Due Diligence Report (DDR) तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा स्वाप निर्धारण गरिएको कम्पनीले जनाएको छ । जस अनुसार एभरेष्ट इन्सोरेन्स कम्पनी लि. को १०० कित्ता शेयर वरावर हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. को ८५ कित्ता (१:०.८५) शेयर प्रदान गरिने छ ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. तथा एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. एक आपसमा गाभिए पश्चात् बन्ने निर्जिवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम नेपालीमा “हिमालयन एभरेस्ट ईन्स्योरेन्स लिमिटेड” तथा अंग्रेजीमा "Himalayan Everest Insurance Limited" कायम हुने छ ।

मर्जरपछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय बबरमहलमा रहने छ । त्यस्तै मर्जरपछि नयाँ संचालक समिति चयन हुने छ भने हाल रहेका सबै संचालकको कार्यकाल सकिएको मानिने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved