बिना अक्सिजन मनास्लु हिमाल आरोहण गर्दै पूर्णिमा, नेपाल लाइफले गर्यो सहकार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2022 | 02:33:41 PM मा प्रकाशित

laxmi  sunrise bank

बिना अक्सिजन मनास्लु हिमालको आरोहण गर्न लागेकी हिमाल आरोही पूर्णिमा श्रेष्ठसँग नेपाल लाइफ इन्स्योरेन्सले सहकार्य गरेको छ । श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए  ।

 कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पराजुलीले श्रेष्ठको सफल आरोहणको कामना गरेका छन् भने श्रेष्ठले आफ्नो हिमाल आरोहणमा नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीसँग सहयात्रा गर्न पाएकोमा गर्ववान्वित र हौसला मिलेको बताएकी छिन् ।

 गोरखाको मध्यम परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो । उनी पेशाले फोटो पत्रकारसमेत हुन् । उनले सगरमाथासहित नेपालको ८००० मीटर भन्दा माथि उचाईमा रहेका ७ ओटा हिमालहरु चढि सकेकी छिन् ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved