पुजीँ बढाउने भनेको क्षमता बढाउन हो, सिनर्जी आउनेगरि काम गर्नुसः अध्यक्ष सिलवाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2023 | 10:33:39 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरु पुजीँ वृद्धि गर्न निर्देशन दिनुको उद्देश्य कम्पनीको क्षमतामा वृद्धि गराउनु रहेको बताएका छन्। अध्यक्ष शिलवालले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

उनले चुक्तापुजीँ वृद्धिको सिर्नजीका साथसाथै कम्पनीको क्षमता वृद्धिमा पनि सिनर्जी ल्याएर काम गर्न कम्पनीहरुलाई निर्देशन समेत दिएका छन्।

‘कम्पनीको चुक्ता पुजीँ वृद्धि गराउनुस भन्नुको अर्थ यसले कम्पनीको क्षमता पनि वृद्धि गर्नुस भनेको हो।’ उनले भने, ‘कर्मचारीलाई तालिम दिनुस, बीमाको पहुँच पग्न नसकेको ठाउँमा पुग्नुस, दाबी भुक्तानीलाई जतिसक्दो छिटो, सजिलो र सहज बनाउनुस। यसमा गरेको तपाईको लगानी एकपटकको हुनेछ र प्रतिफल सधै आइरहने छ।’

कम्पनीहरुको चुक्ता पुजीँ वृद्धि भएपछि कम्पनीको क्षमता अभिवृद्धिका लागि आवश्यक कर्मचारी तालिम, आवश्यक औजार तथा उपकरणहरु तथा शाखा तथा एक्सटेन्सन काउन्टरहरु समेत विस्तार गर्न सकिने उनको भनाई थियो।

उनले कम्पनीहरुलाई बिमित तथा आम जनताप्रति जिम्मेवारी हुन समेत आग्रह गरेका हुन्। अध्यक्ष सिलवालले बीमा कम्पनीहरुले जनताको निक्षेप परिचालन गर्ने सार्वजनिक निकाय भएकोले कम्पनीहरुको स्रोत साधनहरु कसरी प्रयोग भइरहेको छ भनेर आम जनता प्रति जवाफदेही हुनुपर्ने बताए। बीमाबाट हुने लाभ आम जनताले थाहा पाउनुपर्ने बताउँदै बीमा कम्पनीहरु जिम्मेवार र उत्तरदायी पनि हुनुपर्ने बताएका हुन्। 


अध्यक्ष सिलवालले अब बनेका संस्थाहरुलाई थप जिम्मेवार र उत्तरदायी बनाउने प्राधिकरणको प्राथमिकतामा रहेको बताउँदै गैर जिम्मेवार र जवाफ नदिने अवस्थाको अन्त्य जरुरी रहेको बताए ।

अध्यक्ष सिलवालले बीमा कम्पनीहरुले कानुनको अक्षरस पालना गर्नुपर्ने बताए । कानुन नमान्ने कम्पनीहरुलाई कानुन बमोजिम नै कारवाही हुने स्मरण गराउँदै बीमा कम्पनीहरुलाई बीमितको हित र न्यून आय भएका जनतामाँझ पुगेर बीमा सेवा प्रवाह गर्न आग्रह गरेका छन् ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved