पूँजी पुर्याउन बोनस र हकप्रद नै रोज्दै बीमा कम्पनी, कुनको योजना के ?

चन्दा कार्की

चन्दा कार्की

Dec 07, 2023 | 01:16:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नियामक निकाय नेपाल बीमा प्राधिकरण (तत्कालिन बीमा समिति) ले बीमा कम्पनीहरूको चुक्तापूँजी बढाउने निर्णय गरेको २० महिना बितिसकेको छ । एक महिनामा पूँजी वृद्धिको कार्य योजना र एक वर्षभित्र पूँजी वृद्धि  गर्न भन्दै प्राधिकरणले २०७८ को चैतमा निर्देशन दिएको थियो । 

तत्कालका लागि एक वर्षको समय दिएको प्राधिकरणले पछि उक्त समयमा थप गर्दै २०८० को असार मसान्तसम्म पूँजी वृद्धि गर्ने समय दियो । सो बमोजिम जीवन बीमा कम्पनीले ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ पूँजी पुर्याउनु पर्ने थियो ।

उक्त समय व्यतित भएको पनि चार महिना नाघिसकेको छ । अझै पनि २१ बीमा कम्पनीले तोकेको पूँजी पुर्याउन सकेका छैनन् । प्राधिकरणको तथ्यांक अनुसार हालसम्म १४ जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ, हिमालयन लाइफ र नेशनल लाइफ गरी तीन कम्पनीले ५ अर्ब रुपैयाँ बढी चुक्ता पूँजी कायम गरिसकेका छन् । बाँकी ११ बीमा कम्पनीले भने तोकेको पूँजी पुर्याउन सकेका छैनन् ।

त्यस्तै गरी १४ निर्जीवन बीमा कम्पनीहरुमध्ये चार कम्पनी आइजीआई प्रुडेन्सियल, सिद्धार्थ प्रिमियर, शिखर र सगरमाथा लुम्बिनी (सलिको) ले पुँजी पुर्याए पनि १० कम्पनीको भने पूँजी पुग्न सकेको छैन् ।

पूँजी वृद्धि गर्न नसकेका र कार्य योजना पनि पेश नगरेका कम्पनीलाई प्राधिकरणले कार्य योजना पेश गर्न भन्दै बुधबार पत्र काटेको छ । यसअघि मर्जरमा गएर पनि पूँजी  पुर्याउन नसकेका कम्पनीहरुले थप पूँजी कसरी पुर्याउने भन्ने कुनै जानकारी नगराएको प्राधीकरण स्रोतको भनाई छ । 

निर्जीवन बीमा कम्पनीको पूँजी वृद्धि योजना

मर्जरमा गएर पनि तोकिएको पूँजी पुर्याउन नसकेको हिमालयन एभरेष्टको चुक्ता पूँजी २ अर्ब ३० करोड रुपैयाँ रहेको छ । तोकिएको पूँजी पुर्याउन कम्पनीले २० करोड थप् गर्नुपर्ने देखिन्छ । कम्पनीले थप पुूँजीका सम्बन्धमा लिखित जानकारी प्राधिकरणलाई दिएको छैन् । मौखिक रुपमा गतवर्षको घोषणा हुन बाँकी लाभांशबाट बोनश पुर्याउने योजना रहेको बताइन्छ । कम्पनीलाई प्राधिकरणले बुधबार पत्र काटेको छ ।

त्यस्तै २ अर्ब चुक्ता पूँजी रहेको सानिमा जिआईसी र १ अर्ब ९० करोड पूँजी रहेको युनाइटेड अजोड इन्स्योरेन्सले पनि पूँजी वृद्धि योजना पेश गरेका छैनन् । यी कम्पनीलाई पनि प्राधिकरणले पत्र काटेको छ । सानिमा जिआईसीले गतआर्थिक वर्षको घोषणा हुन बाँकी रहेको बोनस र थप रकमको लागि हकप्रद जारी गर्ने मौखिक जानकारी दिएको प्राधिकरण स्रोतको भनाई छ । यी कम्पनीलाई पनि लिखित रुपमा क्यापिटल प्लान बुझाउन प्राधिकरणले पत्र काटेको छ । 

त्यस्तै एक अर्ब ४९ करोड चुक्तापुँजी रहेको नेपाल इन्स्योरेन्सले काठमाडौं, मोरङ्ग र पर्साको जग्गा बिक्री साथै नेपाल रि इन्स्योरेन्समा आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीमार्फत पूँजी पुर्याउने योजना चालू आर्थिक वर्षको शुरुवातमा नै पेश गरेको बताइएको छ । 

त्यस्तै एक अर्ब ३७ करोड पूँजी रहेको प्रभु इन्स्योरेन्सले पनि नेपाल रि इन्स्योरेन्सको शेयर बिक्री गर्ने योजना प्राधिकरणमा पेश गरेको छ । कम्पनीले तोकिएको पूँजी पुर्याउन अझै एक अर्ब १३ करोड थप गर्नु पर्ने देखिन्छ । यता, एक अर्ब ४५ करोड चुक्ता पूँजी रहेको एनएलजी इन्स्योरेन्सले हकप्रद बिक्री गरेर पूँजी बढाउने योजना प्राधिकरणमा पेश गरेको छ ।

गतवर्षको लाभांश वितरण नगर्ने जानकारी दिएको नेको इन्स्योरेन्सको चुक्ता पूँजी दुई अर्ब १ करोड रहेको छ । प्राधिकरणलाई प्राप्त मौखिक जानकारी अनुसार थप ४९ करोड पूँजी कम्पनीले हकप्रदबाट पुर्याउने जनाएको बताईन्छ । त्यस्तै नेशनल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २९ करोड रुपैयाँ रहेको छ भने दि ओरियण्टल इन्स्योरेन्सको पूँजी २५ करोड मात्रै रहेको छ । विदेशी लगानी रहेको यस कम्पनीले पनि प्राधिकरणमा पूँजी वृद्धि योजना पेश गरेको छैन् । 

सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको २६ करोड ६६ लाख रुपैयाँ मात्र पूँजीरहेको देखिन्छ । कम्पनीले पनि हालसम्म पूँजी वृद्धि योजना पेश गर्न सकेको छैन् । 

जीवन बीमा कम्पनीको पूँजी वृद्धि योजना

प्राधिकरणको तथ्यांक अनुसार हालसम्म १४ जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ, हिमालयन लाइफ र नेशनल लाइफले ५ अर्ब रुपैयाँ बढी चुक्ता पूँजी कायम गरिसकेका छन । बाँकी ११ कम्पनीको पूँजी अपुग छ । जसमध्ये हालसालै प्रिमियममा आईपीओ बेचेका कम्पनीलाई प्रिमियम रकमबाट पुूँजी बढाउने प्रयोजनका लागि बोनस बाँड्न दिन सकिने संकेत प्राधिकरणले गरेको छ । बाँकी सात कम्पनीमध्ये सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी हालैमात्र संस्थानबाट कम्पनीमा रुपान्तरण भएकोले पूँजी बढाउनका लागि एक वर्षको समयावधि दिइएको छ । 

मर्जरमा गएर पनि पूँजी पुर्याउन नसकेको सुर्याज्योती लाईफले बोनश शेयर दिएर पुूँजी पुर्याउने मौखिक जानकारी प्राधिकरणलाई दिएको ब’झिएको छ । कम्पनीको हाल ४ अर्ब ५४ करोड चुक्ता पूँजी रहेको छ । तोकिएको पूँजी पुर्याउन कम्पनीलाई ४६ करोड थप गर्नुपर्ने हुन्छ । कम्पनीलाई प्राधिकरणले बुधबार पत्र काटेको छ । त्यस्तै, सानिमा रिलायन्सको हाल ४ अर्ब १८ करोड पूँजी रहेको छ । कम्पनीले पनि पूँजी वृद्धिको औपचारिक जानकारी प्राधिकरणलाई दिएको छैन् ।

प्रभु महालक्ष्मीले पनि हालसम्म प्राधिकरणमा क्यापिटल प्लान बुझाएको छैन् । कम्पनीको चुक्ता पूँजी ४ अर्ब २९ करोड रहेको छ । तोकिएको पूँजी पुर्याउन कम्पनीले २१ करोड थप गर्नुपर्छ । पूँजी वृद्धिको योजना पेश नगरेको यस कम्पनीलाई पनि पत्र काटिएको प्राधिकरणले जनाएको छ ।

एशियन लाईफको ३ करोड १५ लाख रुपैयाँ रहेको छ । कम्पनीले पनि क्यापिटल प्लान पेश नगरेको पाइएको छ । त्यस्तै २ अर्ब ६५ करोड चुक्ता पूँजी रहेको लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले पनि पूँजी वृद्धि योजनाका सन्दर्भमा प्राधिकरणलाई जानकारी दिएको छैन् । मेटलाईफले आफ्नो विवरणमा चुक्ता पूँजी खुलाएको छैन् ।

यसअघि :- २१ बीमा कम्पनीले अझै पुर्याउन सकेनन् चुक्तापूँजी, पत्र काट्दै प्राधिकरण

बीमा कम्पनीले आईपीओको प्रिमियमबाट बोनस बाँड्न पाउने, कसको क्षमता कति ?

राष्ट्रिय जीवन बीमा कम्पनीले पायो जिवन बिमकको प्रमाणपत्र, सर्वसाधारणका लागि आईपीओ जारी गर्नुपर्ने

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved